चाडपर्वलाई लक्षित गरि पाँच ठाउँमा यात्रु सहायता कक्ष स्थापना - Elaka Khabar

चाडपर्वलाई लक्षित गरि पाँच ठाउँमा यात्रु सहायता कक्ष स्थापना

चाडपर्वलाई लक्षित गरि पाँच ठाउँमा यात्रु सहायता कक्ष स्थापना

दशै, तिहार,छठ लगायतका पर्वमा यात्रुलाई सहज यात्रा बनाउन तथा दुर्घटना न्युनिकरण गर्न जिल्ला ट्राफिक कार्यालय बागलुङले जिल्लाका विभिन्न पाँच ठाउँमा यात्रु सहायता कक्षा स्थापना गरेको छ ।
यात्रु सहायता कक्षको आज एक कार्यक्रममका बीच सहायक जिल्ला अधिकारी चित्राङ्गत बरालले   उद्घाटन गर्नुभयो ।
चार्डपर्वमा हुने यात्रा,सास्ती तथा दुर्घटनालाई न्यूनिकरण गर्न यात्रु सहायता कक्षले महत्वपूर्ण भुमिका निर्वाह गर्ने सहायक प्रमुख जिल्ला अधिकारी बरालको भनाई थियो । उद्घटनको क्रममा सवारी चालकलाई खादा, माला र टिकाले  सम्मान गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय बागलु्ङका प्रहरी प्रमुख प्रहरी उपरिक्षक योगेन्द्र खड्काले चार्डपर्वमा यात्रुलाई लुट्ने,बालबालिका, महिला, वृद्धा,अशक्तफ माथि हुने हिँसा  न्युनिकरण गर्न, क्षमता भन्दा बढि यात्रु चढाउने जसका कारण हुने दुर्घटना जोखिम कम गर्न यात्रु सहायता कक्षले मद्दत पु¥याउने बताउनुभयो ।
जिल्ला ट्राफिक कार्यालय बागलुङका प्रमुख वरिष्ट प्रहरी निरिक्षक मिन बहादुर खड्काले सदरमुकाम देखि जिल्लाका विभिन्न ५ ठाउँमा यात्रु सहायत कक्ष स्थापना गरिएको बताउनुभयो । कोहि कतै बाट अप्ठ्यारोम परे, कसैबाट लुटिएको,हिँसामा परेको अवस्थामा तत्कालै सहायता कक्षामा सम्पर्क गर्न सकिने पनि बरिष्ठ प्रहरी निरिक्षक खड्काले आग्रह गर्नुभयो ।
सहायता कक्षा स्थापना सँगै रक्तदान कार्यक्रम पनि आयोजना गरिएको थियो ।

ताजा समाचार