
बानपा ३ स्थित गुठी युवा क्लवकाे आयाेजना र वडा नं ३ काे सह-आयाेजनामा दाेस्राे तीज मेला २०८० काे गण्डकी प्रदेसभा सदस्य चम्पादेवी खड्काले उद्घाटन गर्नुभयाे । मेला उद्घाटन गर्दै सांसद खड्काले युवाहरूको सक्रियता र गुठीमा बर्षेनी मेला आयाेजना भएकोमा प्रशंसा व्यक्त गर्नुभयाे ।
टाढाबाट आएका बागलुङका चेलीलाई बजारमा भेटघाट,रमाइलो गर्ने वातावरण बनाएकाे क्लबलाई धन्यवाद दिदै आगामी दिनमा अझै युवाहरु हरेक ठाउँमा सक्रिय हुनुपर्ने बताउनुभयाे ।
मेलामा अन्य विशिष्ट व्यक्ति,जनप्रतिनिधि लगायतले शुभकामना व्यक्ति गरेका थिए ।
आजै अन्तर विद्यालय तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा चिल्ड्रेन लाईफ बाेर्डिङ स्कुल प्रथम , अमर आदर्श आवाशीय मावि दाेस्राे र प्रिसियस एकेडेमीले तृतीय स्थान हासिल गरे ।
भाईरल गायिका सिम्रन परियार,कृष्ण अखेली,अमृता नेपाली,पुष्कर विवेक थापा,चिना थापाले आफ्नो सांगीतिक प्रस्तुति मार्फत दर्शकलाई मनाेरञ्जन प्रदान गरेका थिए ।
मेला भाेलि सम्म चल्ने छ । हरितालिका तिजकाे दिन भाेलि साेलाे बाईक रेस,घैटाे प्रतियाेगिताकाे साथमा चर्तित गायिका समिक्षा अधिकारी,रवी कार्की ,सज्जन कुमार सिंह,विना थापा,पुस्कर विवेक थापा,सुनिल विसी,सुप्रिया नेपाली लगायतकाे विशेष प्रस्तुति रहने सास्कृतिक संयाेजक कृष्ण संयाेगले जनाउनुभयाे ।
भाेलि अझै विशेष कार्यक्रम भएकोले सबैलाई उपस्थित हुन ,मेला हेर्न आउन आयोजकले निम्तो गरेको छ ।
उद्घाटन सत्रकाे अध्यक्षता उमेश मिजार, स्वागत सचिव सुवास रुचाल र सञ्चालन पत्रकार राम थापाले गर्नु भएको थियाे । सांगीतिक कार्यक्रमकाे सञ्चालन कृष्ण संयाेगले गर्नुभएको थियाे ।

बाग्लुङ सेवा समाज अमेरिका न्युयोर्क च्याप्टरको अधिवेशन सम्पन्न , जिबनाथ कँडेलकाे नेतृत्वमा नयाँ कार्यसमिती

बागलुङ क्षेत्र नं १ मा ईन्जिनियर खिमानन्द कँडेलकाे चर्चा

जेठ १४ बाट हराएका सिगानाका कुमार परियार अझै भेटिएनन्

रोमानियामा नेपाली जनप्रगतिशील मन्च गठन, टेकराज क्षेत्री अध्यक्ष चयन
