चिकित्सक आक्रमणको विरोधमा मकवानपुरका स्वास्थ्य सस्था बन्द, दोषीलाई कारबाहिको माग(भिडिओ) - Elaka Khabar

चिकित्सक आक्रमणको विरोधमा मकवानपुरका स्वास्थ्य सस्था बन्द, दोषीलाई कारबाहिको माग(भिडिओ)

 सन्चो अस्पताल हेटौडामा चिकित्सक माथि भएको सँघातिक आक्रमणको विरोधमा चिकित्सक तथा मकवानपुरका सम्पूर्ण स्वास्थ्य सस्था बन्द गरिएको छ ।

हेटौंडा–१, भिन्तुनापथस्थित सञ्चो अस्पतालमा चिकित्सकमाथि सांघातिकरुपमा आक्रमण भएको अवस्थामा स्थानीय प्रशासन र प्रहरीले घटनालाई गम्भीरतापूर्वक नलिइ ‘मौन’ रहेको र अझै घटनालाई कमजोर बनाई मिलापत्र गराउन खोज्दा मकवानपुरको स्वास्थ्य क्षेत्र आन्दोलित बनेको हो ।

गत साउन २५ मा डेंगीबाट चितवनमा मृत्य भएका हेटौंडा–१२ का राजेश प्रधानका आफन्तले अस्पतालभित्रै प्रवेश गरेर डाक्टरको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै एनेस्थेसिया डा। प्रशान्त बिडारी र डा। विकास थापालाई कुटपिट गरेका हुन् । कुटपिटबाट डा। बिडारीको आँखा र अनुहारमा चोट लागेको छ । डा। थापाको गाला र अनुहार सुनिएको छ । उनी उपचारका लागि काठमाडौं गएका छन् ।

प्रधानको चितवनको नयाँ मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो । त्यसअघि उनलाई उपचारका लागि साउन २२ गते सञ्चो अस्पतालमा भर्ना गरिएको थियो । उनको अवस्था गम्भीर भएपछि थप उपचारका लागि साउन २३ गते चितवन रिफर गरिएको अस्पताल प्रशासनले जनाएको छ । प्रधानलाई दोस्रोपटक डेंगी संक्रमण पुष्टि भएको थियो भने उनी मधुमेह र उच्च रक्तचापको समस्या पनि रहेको थियो ।

ताजा समाचार