सामाजिक सञ्जालमा अफवाह फैलाउने ताराखाेलाका दुई जना विरुद्ध प्रहरीमा उजुरी - Elaka Khabar

सामाजिक सञ्जालमा अफवाह फैलाउने ताराखाेलाका दुई जना विरुद्ध प्रहरीमा उजुरी

सामाजिक सञ्जालमा अफवाह फैलाउने ताराखाेलाका दुई जना विरुद्ध प्रहरीमा उजुरी
सामाजिक सञ्जालमा पालिका, जनप्रतिनिधी तथा कर्मचारीलाई गम्भिर आरोप लगाएर अफवाह फैलाएको भन्दै ताराखोला गाउँपालिकाका दुई जना व्यक्ति विरुद्ध  प्रहरीमा  उजुरी   परेको छ ।
सामाजिक सञ्जालमा पालिका र जनप्रतिनिधी,कर्मचारीलाई  तथ्यहिन र अपुष्ट कुरा भ्रामक रुपमा पोष्ट गर्दै बदनाम गराउने ताराखोला-२ का तुल्सीराम घर्ति र सोहि वडाबासी तथा अर्गल माविका शिक्षक इन्द्र बहादुर रोकालाई कार्यपालिकाले नै निर्णय गरेर आवश्यक कारबाहिका लागि जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेको हाे।
उजुरी परेपछि जिल्ला प्रहरी कार्यालयले इलाका प्रहरी कार्यालय ताराखोला मार्फत  निज व्यक्तिहरुलाई जिल्ला प्रहरी कार्यालयमा उपस्थित हुन पत्र पठाएको छ ।
व्यक्तिगत रिसइभी साधेर  सामाजिक सञ्जालमा   अफवाह फैलाएको र नागरिकहरुमा भ्रम सिर्जना गर्न नछोडेकोले  आवश्यक कदम चाल्नु परेको पालिकाले जनाएको छ ।
डोजर  खरिदमा चरम भ्रष्टचार गरेको, नक्कली शहिद बनाएर सेवा लिएको, पालिकाका जनप्रतिनिधि र कर्मचारीले भ्रष्टचार गरेको भन्दै जथभावी लेख्ने, व्यक्तिगत रुपमा लगातार चरित्र हत्या गर्ने क्रम नरोकिए पछि बाध्य भएर कदम चालिएको साउन १५ काे कार्यपालिकाको निर्णयमा उल्लेख गरिएको छ ।
   अहिले स्वतन्त्रताकाे नाममा जथाभावी लेख्ने,चरित्रहत्या गर्ने क्रम बढेपछि यसकाे नियमन गर्ने आवाज सबैतिरबाट उठिरहेकाे छ ।
वेतिथी विरुद्द स्टाटस लेखिएकाे र न्यायिक समितिमा छलफल नगरी सिधै प्रहरीमा मुद्दा पुग्दा दुख लागेकाे पालिकाले विपक्ष बनाएकाे तुल्सीराम घर्तिकाे भनाई छ ।
आराेप लागेका दुई जनाले आज अर्गलमा स्थानिय केही व्यक्ति जम्मा गरि पालिकाकाे कदमकाे विराेध जनाएका छन् ।
    जथाभावी लेख्ने  व्यक्तिलाई उपस्थित गराई  आवश्यक अनुसन्धान गर्न लागिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ  ।

ताजा समाचार