
पछिल्लो समय सामाजिक संजाल दुरुपयोग हुँदै गर्दा बागलुङको जैमिनी र बरेङ्गका युवाहरुले भने सुनौलो बागलुङ नामक संस्था खोली समाजिक काममा सक्रिय बनेका छन्न ।
विगतमा मजाकमा फेसबुकमा चालीस कटेसी रमाउला पेज ,ट्रोलर बागलुङ बाट नै बिन्दु थापा बचाउ अभियानले बनाएको सुनौलो बागलुङ अहिले दुखी र पीडित को साहारा बन्न पुगेको छ ।
विगत मा केही समय आफुहरु पनि लागूऔषतमा फसेकोले अबका दिन मा कोहि पनि समाजमा विकृति होइन्न सभ्य भएर जिउनको लागी यो संस्था खोलिएको संस्थाको सचीव राजेस श्रीसले बताउनु भयाे।
सस्थामा २५ वर्ष भन्दा मुनिका २१ जना युवा सदस्य रहेका छन।
संस्थाले २०७९ सालको दशै तिहारमा देउसी भैलो बाट रु ३ लाख ४० हजार भन्दा बढी उठाएको थियोे ।त्यो पैसाले पनि पीडितलाई सहयोग गर्ने नवनिर्वाचित अध्यक्ष दिलिप पर्तेलले बताउनु भयाे ।
दीर्घ रोगी,प्राणघातक रोग ,मुटु ,मिर्गाेला रोगिहरुलाई सस्थाले सहयोग गर्दै आएकाे छ ।
दाेस्राे अभिवेशनले दिलिप पर्तेलकाे अध्यक्षतामा ११ सदस्यीय समिति सर्वसम्मत चयन गरेकाे छ । संस्थाको उपाध्यक्षमा निशा थापा, सचिवमा बविन आचार्य, सहसचिवमा मनिषा ढुङ्गाना र कोषाध्यक्षमा तेरुसा पुन रहेका छन् ।
सदस्यमा युवराज पौडेल, स्मृति बिश्वकर्मा, रोशनी भुजेल, उर्मिला थापा मगर, लक्ष्मण श्रीस र सञ्जु थापा चयन हुनु भएको छ । सल्लाहकारमा ताराप्रसाद शर्मा, मदन कार्की, मिना परियार, दिलिप पुलामी मगर र फटिक थापालाई चयन गरिएको छ ।
साधारणसभाको उद्घाटन सत्रमा बोल्दै बागलुङका निमित्त प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले समाज र देश परिवर्तनको जिम्मा युवाहरुको काँधमा आएकाले बताउनु भयाे ।

बाग्लुङ सेवा समाज अमेरिका न्युयोर्क च्याप्टरको अधिवेशन सम्पन्न , जिबनाथ कँडेलकाे नेतृत्वमा नयाँ कार्यसमिती

बागलुङ क्षेत्र नं १ मा ईन्जिनियर खिमानन्द कँडेलकाे चर्चा

जेठ १४ बाट हराएका सिगानाका कुमार परियार अझै भेटिएनन्

रोमानियामा नेपाली जनप्रगतिशील मन्च गठन, टेकराज क्षेत्री अध्यक्ष चयन
