
अस्पतालमा आधारित लैङ्गिक हिंसा सम्बन्धि एकव्दार संकट व्यवस्थापन केन्द्र मार्फत गत बर्ष १सय २२ जनालाई सेवा प्रदान गरिएकाे छ ।
हिंसा परेका व्यक्तिकाे उपचार ,मनाेपरार्श र पुनःर्स्थापनका लागि एकव्दार संकट व्यवस्थापन केन्द्रले सहयाेग गर्दैे आएकाे कार्यक्रमका फाेकल पर्सन देवीधध भट्टराईले जानकारी दिनुभयाे ।
२०६८ साल यता १हजार २८ वटा लैंगिक हिंसाका मुद्दा आएकाे पनि भट्टराईकाे भनाइ थियाे।
त्यी मध्ये १ सय २१ जना पुरुष पनि हिंसामा परेकाे बार्षिक समीक्षा कार्यक्रममा भट्टराईले जानकारी दिनुभयाे ।
बलात्कार र घरेलु हिंसाका घटना पिडाका परेका महिला प्रहरी र अल्पकालीन महिला सेवा केन्द्रबाट आउने गरेका छन् । पीडितलाई निशुल्क उपचार,खाना बस्न सहितकाे सुविधा रहेकाे छ भने अहिलेबाट यातायात खर्च पनि दिन थालिएको छ ।
अझै सबैलाई याे सेवा र कार्यक्रम बारे जानकारी नभएकाेले सबैतिर कार्यक्रम लानुपर्ने पत्रकार महासंघका सचिव विजय रानाकाे आग्रह थियाे ।
धाैलागिरी अञ्चल अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा:रवीरञ्जन प्रधानले अहिले अस्पतालले नागरिककाे लागि सहज र सुलभ तवरले सेवा उपलब्ध गराएको बताउनुभयाे ।
छिट्टै नै सिटिस्कान सेवा सुुरु गर्न लागिएकाे पनि मेसु प्रधानले जानकारी दिनुभयाे । “हाम्राे लक्ष्य अस्पताललाई रिफर दर शुन्यमा झार्नु हाे। प्रधानले भन्नुभयाे ।

बाग्लुङ सेवा समाज अमेरिका न्युयोर्क च्याप्टरको अधिवेशन सम्पन्न , जिबनाथ कँडेलकाे नेतृत्वमा नयाँ कार्यसमिती

बागलुङ क्षेत्र नं १ मा ईन्जिनियर खिमानन्द कँडेलकाे चर्चा

जेठ १४ बाट हराएका सिगानाका कुमार परियार अझै भेटिएनन्

रोमानियामा नेपाली जनप्रगतिशील मन्च गठन, टेकराज क्षेत्री अध्यक्ष चयन
