
अध्ययन अवलाेकनका लागि गएकाे ताराखाेला गाउँपालिकाकाे टाेली भ्रमण सकेर फर्किएकाे छ ।साउन ३ गते स्थानिय तहका अनुभव र नयाँ काम बारे अध्ययन अवलाेकन गर्न कर्मचारीकाे टाेली भ्रमणमा गएकाे सुचना अधिकारी जित सुनारले बताउनुभयाे ।कामकाे चाप नभएकाे र लेखा शाखा पनि बन्द भएकाेले विशेष उद्देश्य सहित अवलाेकन भ्रमण गएकाे उहाँकाे भनाई थियाे ।भ्रमणका क्रममा बागमति गाउँपालिकाकाे नयाँ काम र अनुभव आदान प्रदान गरिएकाे थियाे ।

“८७ जना कर्ममचारीमा १० जना मात्र विदा लिएर भ्रमणमा गएकाे हाे । कामकाे चापाचाप पनि थिएन सबैे व्यवस्थापन गरेर गएकाे हाे ।”सुनारले भन्नुभयाे
गत बर्ष देखि नै भ्रमणकाे याेजना भएकाे थियाे याे उपयुक्त समय भएकाेले विदा मिलाएर अवलाेकनका लागि गएकाे उहाँकाे भनाई छ ।
केही नागरिकलाई असुविधा भएकाे भनि बाहिर बदनाम गर्न विभिन्न व्यक्ति लागेर गलत तरिकाले प्रचार गरिएकाेले भ्रममा नपर्न पनि सुचना अधिकारी सुनारकाे आग्रह छ ।
” बर्षभरि नै जनताकाे काममा लागेका छाै । काममा कुनैे कसर बाँकि राखेका छैनाै । नागरिक र आफ्नाे काम प्रति हामी जिम्मेवार छाै ।”सुनारले भन्नुभयाे ।
भ्रमणले विभिन्न पालिकाकाे नयाँ र राम्रा प्रयाेगकाे ज्ञान बटुलेकाे भ्रमण निकै उपलब्धिमुलक भएकाे पनि उहाँकाे भनाई छ ।

बाग्लुङ सेवा समाज अमेरिका न्युयोर्क च्याप्टरको अधिवेशन सम्पन्न , जिबनाथ कँडेलकाे नेतृत्वमा नयाँ कार्यसमिती

बागलुङ क्षेत्र नं १ मा ईन्जिनियर खिमानन्द कँडेलकाे चर्चा

जेठ १४ बाट हराएका सिगानाका कुमार परियार अझै भेटिएनन्

रोमानियामा नेपाली जनप्रगतिशील मन्च गठन, टेकराज क्षेत्री अध्यक्ष चयन
