निसीखाेला दलित सञ्जालव्दारा गरिव जेहेन्दार विद्यार्थीलाई ७० हजार बराबरकाे शैक्षिक सामाग्री वितरण - Elaka Khabar

निसीखाेला दलित सञ्जालव्दारा गरिव जेहेन्दार विद्यार्थीलाई ७० हजार बराबरकाे शैक्षिक सामाग्री वितरण

जातिय भेदभाव जात व्यवस्था विरुद्द सचेतना कार्यक्रमकाे अवसरमा दलित सञ्जाल निसीखाेला – १ देविस्थानमा गरिव तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।
सचेतना कार्यक्रममा बाेल्दै वडा अध्यक्ष चन्द्रासिं राम्जालीले विगतमा गलत व्यक्तिले सुरु गरेकाे भेदभाव हटाउन आफू प्रतिबद्ध भएको बताउनुभयो । समाजमा अहिले पनि जातका आधारमा भेदभाद हुनु दुखद रहेकाे भन्दै अध्यक्ष राम्जालीले भन्नुभयो” यसकाे अन्त्यकाे लागि व्यवहारिक अभियान आवश्यक छ ।”
उक्त अवसरमा बाेल्दै अभियान्ता तथा पत्रकार सञ्जन कुमार सिंहले स्थानिय तहले दलित समुदायकाे सामाजिक ,आर्थिक तथा समग्र विकासमा विशेष जाेड दिने गरि कार्यक्रम ल्याउनुपर्ने बताउनुुभयाे ।
निसीखाेला दलित सञ्जालका अध्यक्ष राेशन विश्वकर्माले जात व्यवस्थाकाे सुुरुवात र यसकाे निरन्तरताले आम दलित समुदायले भाेग्नु परेकाे पीडाबारे बाेल्नु भएको थियाे ।
वडा सदस्य राधा विक,ममता बिक,सुवास परियार लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम विष्णु विककाे सञ्चालन,अध्यक्ष शिव विक अध्यक्षतामा सम्पन्न भएको थियाे ।
कार्यक्रममा स्थानीय नाैमति बाजाकाे विशेष प्रस्तुति रहेको थियोे ।

ताजा समाचार