
बागलुङ जिल्लाको काठेॆखोला गाउँपालिका-५ बिहुँ ठुलढुङ्गामा पिकअप जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक मदन केसीले बताए ।
बागलुङको गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको ग १ च ९४८५ नम्बरको पिकअप मध्येपहाडी लोकमार्गबाट ५ सय मिटर तल खसेको हाे । दुर्घटनामा परि जैमिनी नपा १० का बर्ष ३६ का दुर्गा पाैडेल र चालक कु.न.पा १ मालढुंगा निवासी २८ बर्षिय राजन्द्र माझी मृत्युु भएको डिएसपी केसीले जानकारी दिए।
घटनास्थलमा प्रहरी र स्थानीयले खोजी एवं उद्धार गरेकाे थियोे ।।
घटनास्थल सदरमुकाम देखि करिब २० किलोमिटर पश्चिममा रहेको छ ।
ट्रेन्डिङ

बाग्लुङ सेवा समाज अमेरिका न्युयोर्क च्याप्टरको अधिवेशन सम्पन्न , जिबनाथ कँडेलकाे नेतृत्वमा नयाँ कार्यसमिती

बागलुङ क्षेत्र नं १ मा ईन्जिनियर खिमानन्द कँडेलकाे चर्चा

जेठ १४ बाट हराएका सिगानाका कुमार परियार अझै भेटिएनन्

रोमानियामा नेपाली जनप्रगतिशील मन्च गठन, टेकराज क्षेत्री अध्यक्ष चयन
