माओवादी केन्द्र बागलुङकाे ` प्रशिक्षण ´कार्यक्रम भव्य रुपमा सम्पन्न - Elaka Khabar

माओवादी केन्द्र बागलुङकाे ` प्रशिक्षण ´कार्यक्रम भव्य रुपमा सम्पन्न

माओवादी केन्द्र बागलुङकाे ` प्रशिक्षण ´कार्यक्रम भव्य रुपमा सम्पन्न

(नेकपा )माओवादी केन्द्र जिल्ला समन्वय समिति बागलुङकाे आयाेजनामा आयाेजित तिनदिने राजनैतिक प्रशिक्षण कार्यक्रम बागलुङ बजारमा भव्य रुपमा सम्पन्न भएको छ ।

कार्यक्रमकाे पहिलो दिन संविधान कानुन र स्थानीय तह बिषयमा खिमलाल देवकोटा,संघियता बारे चन्द्र बुढा सागर,बागलुङ जिल्लाकाे कम्युनिस्ट आन्दोलन बिषयमा ज्ञामनाथ गैेरे `अनिल ´,नेपाली कम्युनिस्ट आन्दोलन बिषयमा दिननाथ शर्मा,सुचना प्रविधि बिषयमा सुनिल पाण्डेले प्रशिक्षण दिनुभएको थियो ।
प्रशिक्षणकाे दाेस्राे दिन अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन ,समाजवादको विकासक्रम र प्रयाेग बिषयमा लेखनाथ न्याैपाने,वर्ग र वर्गहरुकाे विश्लेषण बारे दिननाथ शर्मा ,महिला आन्दोलन र जनयुद्ध बिषयमा वलावती शर्मा, समाजवादी अर्थव्यवस्था र अर्थशास्त्र बिषयमा परशुराम तामाङ ,व्दन्दात्मक
भाैतिकवाद बिषयमा रामराज रेग्मी ,आन्दोलन र जनवर्गीय संगठनको बिषयमा पार्टी संगठन र अनुशासन स्थानीय सत्ता सरकार बारे राजिब घिमिरे ,उत्पादन र पर्यटन बिषयमा कृष्ण केसीले प्रशिक्षण दिनुभएको थियो ।
तेश्राे दिन ऐतिहासिक भाैतिकवाद बिषयमा देवेन्द्र पाैडेल,वैज्ञानिक विश्व दृष्टिकोण रामदिप आचार्य, राजनीति कार्यदिशा बिषयमा हरी आचार्य,मनहरी तिमिल्सिना लगायतले प्रशिक्षण दिनुभएको थियाे ।
माओवादी पार्टीका प्रदेश,जिल्ला,नगरका नेता कार्यकर्ता र जनप्रतिनिधिकाे  विशेष उपस्थिति रहेको थियाे ।
कार्यक्रम समापन समारोहमा बाेल्दै माओवादी केन्द्रका केन्द्रीय सचिव देबेन्द्र पौडेलले प्रशिक्षण र छलफल कार्यक्रमले नेता कार्यकर्तामा विगत र वर्तमानको अवस्थाबारे जानकारी हुने र पार्टीकाे अभियान सफल बनाउन यस्ता कार्यक्रम आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा बैकल्पिक केन्द्रिय सदस्य निल बहादुर पुन, केन्द्रीय सदस्य तथा स्कुलिङ विभाग सचिव रामदिप आचार्य लगायतले शुभकामना तथा बधाई मन्तव्य राख्नुभएको थियोे ।
सहभागीकाे तर्फबाट नारायण सुनार ( तमान) फुलमाया ` जल्जला´ ताराखाेला,राम बहादुर बिक (बा.न.पा ),कृष्ण थापा (जैमनी)ले आफ्नो अनुभुती  राख्नुभएको थियाे ।
समापन समारोहकाे अध्यक्षता बलावती शर्मा र सञ्चालन राजिव घिमिरेले गर्नुभएको थियोे ।

ताजा समाचार