लेखानी उच्च माध्यमिक विद्यालयको ७४ औं वाषिकोत्सव सम्पन्न - Elaka Khabar

लेखानी उच्च माध्यमिक विद्यालयको ७४ औं वाषिकोत्सव सम्पन्न

लेखानी उच्च माध्यमिक विद्यालयको ७४ औं वाषिकोत्सव सम्पन्न

चानसिङ श्रीस

लेखानी उच्च माध्यमिक विद्यालयको ७४ औं वाषिकोत्सव सम्पन्न भएको छ ।
वाषिकोत्सव कार्यक्रमकाे मुल समारोह उद्घाटन गर्दै काठेखोला गाउँपालिका अध्यक्ष राजु थापाले शिक्षा क्षेत्रकाे विकासका लागि पालिकाले विभिन्न निति अबलम्वन गरेकाे र गुणस्तरीय शिक्षा आर्जन गर्ने वातावरण बनाईने बताउनुभयो । पालिकाले शिक्षा क्षेत्रलाई सबैभन्दा बढि प्राथमिकतामा राखेर बजेट छुट्याउने परतिबध्दता व्यक्त गर्नुभयाेे ।
कार्यक्रममा विद्यालयको प्र.अ. खिमानन्द कडेलले विद्यालयको भावि योजना सहितको कार्य प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो
काठेखोला गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका स्रोत व्यक्ति श्री रामानन्द कडेँल, पूर्व गाविस अध्यक्ष श्री दिलबहादुर छन्त्याल , वरिष्ठ चन्दादाता श्री लाल कुमार श्रेष्ठ, ध.व.क्या. बागलुङका उप- प्रध्यापक श्री दीपकप्रसाद शर्मा कडेँल, करलिम आ.वि.का.प्र.अ. लिलाधर कडेँल, काशीराम छन्त्याल ,प्रा.बि. का दिलबहादुर काउचा, विद्यार्थी यमुना पुन, हिमेश श्रीसले शुभकामना मन्तव्य राख्नुभएको थियो।


सो अवसरमा विद्यार्थीले विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । ज्येष्ठ नागरिकको रुपमा मनिकर्ण कडेँल र ज्याेतिष देउदत्त कडेँललाई सम्मान गरिएको थियो ।
अक्षयकोषदाता श्री प्रेमकुमारी छन्त्याल, श्री चक्रपाणि कडेँल, श्री अमर बहादुर पुन, श्री टिकाराम कडेँल, श्री अनुप कडेल, श्री गौरीश्वर कडेँल, श्री विष्णुदत्त कडेँल भिमप्रसाद कडेलश्री मसिना खत्री,श्री हिरालाल कडेँल, श्री टेक बहादुर थापा र श्री खिमबहादुर थापालाई सम्मान गरिएको थियो ।
एस.ई.ई २०७८ मा उत्कृष्ट जिपिय हासिल गर्ने विवेक कडेँल ( ३ः६), अंशु छन्त्याल (३ः२५), सन्ध्या शर्मा (३ः२५) तथा वैशाख ०३ गते सञ्चालित अन्तर प्रा.वि. हाजिरीजवाफ प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने लेखानी मा.वि. टिम (बि)का विद्यार्थीहरु दोस्रो स्थान हासिल गर्ने लेखानी मा.वि. टिम (ए )का विद्यार्थीहरु तृतीय स्थान हासिल गर्ने कादेश आ.बि. का विद्यार्थी , सान्त्वना स्थान हासिल गर्ने करलिम आ.विका विद्यार्थीहरु तथा काशीराम छन्त्याल प्रा बि र सरस्वती प्रावि लेखानी का विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री प्रमानन्द कडेँलको अध्यक्षता प्रा.वि. इन्चार्ज श्री सुनिता छन्त्यालको स्वागत र शिक्षक श्री भोज बहादुर छन्त्यालको संचालनमा सम्पन्न भएको छ ।

ताजा समाचार