
बागलुङ
जनकल्याण मावि जैमिनि ६ मा समाजसेवी तथा बाैघ्दिक व्यक्तित्व सहयाेगी मनका धनी मुकुन्द केसी र युवा उद्यमी तथा पत्रकार प्रकट कुमार शिशिरकाे पहलमा लक्ष्मी बैंकले आर्थिक तथा सामाजिक उत्तरदायित्व वहन गर्ने कार्यक्रम अन्तर्गत शैक्षिक सामाग्री र ट्राकसुट वितरण गरिएकाे छ ।
विद्यालयमा गत हप्ता एक कार्यक्रमका बीच त्यहाँ अध्ययनरत १ सय ४४ जना विद्यार्थीलाई ट्राकसुट वितरण गरिएकाे हाे ।
उक्त अवसरमा विद्यालयका विद्यार्थीलाई वित्तीय साक्षरता कार्यक्रम पनि सञ्चालन गरिएको थियाे ।
वित्तीय साक्षरता कार्यक्रमकाे सहजीकरण गर्दै लक्ष्मी बैंक बागलुङका शाखा प्रमुख सुवास पन्तले विद्यार्थीकाल बाटै वित्तीय क्रियाकलाप बारे जानकार हुनु पर्ने बताउनुभयाे ।
“कसरी खर्च गर्ने,वचत कसरी गर्ने भन्ने जानकारी भए जीवनमा आईपर्ने आर्थिक समस्या सहि ढंगले समाधान गर्न सकिन्छ । ” पन्तले भन्नुभयाे ।
कार्यक्रममा जैेमिनी वडा नम्बर ६ का वडा अध्यक्ष कृष्ण थापाले विद्यार्थीलाई हाैसला प्रदान गर्दै सहयाेग गर्ने सबैलाई विशेष धन्यवाद दिनुभएको थियाे ।
वडा न ७ का वडा अध्यक्ष केन्द्र रसाईलीले विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरि वित्तीय कक्षा सञ्चालन गर्ने वातावरण बनाउने अभियान्ता र बैंक परिवारलाई विशेष आभार व्यक्त गर्नुभएको थियाे ।
विद्यालयका प्रधानध्यापक अनिशा भुवाजीले विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम चलाएर विद्यार्थीलाई शैक्षिक सामाग्री र पाेषाक वितरण गरेकाेमा खुसी व्यक्त गर्दै सबैलाई धन्यवाद दिनुभयाे ।
समाजसेवी तथा बाैद्धिक व्यक्ति मुकुन्द केसीले ग्रामिण भेगका विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्राप्त गर्ने वातावरण बनाउन सबैलाई आग्रह गर्नुभयाे । समय समयमा विभिन्न विद्यालय र शैक्षिक सस्थामा यस्ता अभियान सञ्चालन गरिएको र आगामी दिनमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु थापाकाे अध्यक्षतामा सम्पन्न भएको थियाे ।

बाग्लुङ सेवा समाज अमेरिका न्युयोर्क च्याप्टरको अधिवेशन सम्पन्न , जिबनाथ कँडेलकाे नेतृत्वमा नयाँ कार्यसमिती

बागलुङ क्षेत्र नं १ मा ईन्जिनियर खिमानन्द कँडेलकाे चर्चा

जेठ १४ बाट हराएका सिगानाका कुमार परियार अझै भेटिएनन्

रोमानियामा नेपाली जनप्रगतिशील मन्च गठन, टेकराज क्षेत्री अध्यक्ष चयन
