काठमाडौं । गायक ,कलाकार तथा युवा समाजसेवी लक्ष्मण श्री र लोकप्रिय गायिका मिलन नेवारको आवाजमा सजिएको आधुनिक गित ‘म तिम्रै डल्ले हो’ को म्यूजिक भिडियो शुक्रबार सार्बजनिक भएको छ।
कलाकार र विशिष्ट व्यक्तिको उपस्थितिमा गित र म्युजिक भिडियो सार्वजनिक गरिएको थियाे कर्णप्रिय गीतहरुमा आफ्नो स्वर दिएर सांगितक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल गायक लक्ष्मण श्री एक कुशल मोडल तथा समाजसेवी समेत हुन् । डान्सिङ बिटमा रहेको गित अहिलेको ट्रेन्ड अनुसारको बनेको छ ।
गितकार एक नारायण भण्डारीको शब्द, आशिष अविरलको संगीत रहेको गीतको म्यूजिक भिडियो ‘कार्टुन क्रु’ ले निर्माण गरेको हाे । भिडियो सराेज अधिकारीले निर्देशन ,कोरियोग्राफी तथा सम्पादन गरेका छन्। भिडियोकाे छायाँङ्कन पवन सुश्लीङले गरेका हुन् । भिडियोमा ‘कार्टुन क्रु’ का सरोज अधिकारि, आश्मा बिश्वकर्मा, गायक तथा मोडल लक्ष्मण श्री र मोडल स्मारिका ढकाललाइ देख्न सकिन्छ ।

बाग्लुङ सेवा समाज अमेरिका न्युयोर्क च्याप्टरको अधिवेशन सम्पन्न , जिबनाथ कँडेलकाे नेतृत्वमा नयाँ कार्यसमिती

बागलुङ क्षेत्र नं १ मा ईन्जिनियर खिमानन्द कँडेलकाे चर्चा

जेठ १४ बाट हराएका सिगानाका कुमार परियार अझै भेटिएनन्

रुपा गौतम हत्या काण्ड र कालीगण्डकी दोहनबारे प्रदेश प्रहरी प्रमुख जाेशीसंग विशेष कुराकानी (भिडियो)
