
युरोप बस्ने चर्चित गायक राजमान तामाङको नयाँ गीत तथा भीडियो ‘हिरा टलल…’ शुक्रवार रिलीज़ भएको छ । लोक पप तथा डान्स शैलीको गीतमा स्वर तामाङ र चर्चित गायिका मेलिना राइको रहेछ ।
दीपक शर्माको संगीत र शब्द रहेको गीतको म्युजिक भीडियोमा अहिलेका चर्चित कलाकारहरु रोशन के.सी, प्रिज्मा र प्रिन्सी खतिवडाको अभिनय रहेको छ । शान थापाले म्युजिक भीडियोको निर्देशन गरेका हुन् ।
१ दशकभन्दा बढ़ी समयदेखी डेनमार्कमा रहेका गायक तामाङ अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) का ग्लोबल सचिव समेत हुन् । दर्जनभन्दा बढ़ी गीत रेकर्ड गरि सकेका तामाङ युरोपमा हुने साँगितिक कार्यक्रमहरुमा प्रस्तुति दिरहन्छन ।
तामाङले गाएका ‘बाग्मतिको पुल’, ‘पूर्वमा धरान राम्रो पश्चिममा पोखरा’, ‘हल्का हल्का नज़र’ लगायतका गीतहरु चर्चित छन भने युटुबमा लाखौं भ्युज पनि पाएका छन् ।
https://youtu.be/bwxgdoXC61c

बाग्लुङ सेवा समाज अमेरिका न्युयोर्क च्याप्टरको अधिवेशन सम्पन्न , जिबनाथ कँडेलकाे नेतृत्वमा नयाँ कार्यसमिती

बागलुङ क्षेत्र नं १ मा ईन्जिनियर खिमानन्द कँडेलकाे चर्चा

जेठ १४ बाट हराएका सिगानाका कुमार परियार अझै भेटिएनन्

रोमानियामा नेपाली जनप्रगतिशील मन्च गठन, टेकराज क्षेत्री अध्यक्ष चयन
