सामुदायिक सेवाा केन्द्रव्दारा सचेतनामुलक कार्यक्रम सम्पन्न । - Elaka Khabar

सामुदायिक सेवाा केन्द्रव्दारा सचेतनामुलक कार्यक्रम सम्पन्न ।

सामुदायिक सेवाा केन्द्रव्दारा सचेतनामुलक कार्यक्रम सम्पन्न ।

समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत Digit All Innovation and Technology for Gender Equality नारा रहेको ११३ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरिक्षक राजाराम खड्काले कार्यक्रमकाे सहजीकरण गर्दै महिला हिंसा,घरेलु हिंसा तथा महिला अधिकार बार जानकारी गराउनुभएकाे थियाे
आज पनि समाजमा महिला हिंसा र घरेलुु हिंसा काे समस्या रहेकाेले त्यी समस्या समाधान गर्न सबैकाे भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो ,

सामुदायिक सेवा केन्द्र गुठी तथा सामाजिक बिकास कार्यालय बागलुङको सयुक्त आयोजनामा नगरपालिका वडा.नं. ३ स्थित सामुदायिक प्रहरी सेवा केन्द्र गुठीको सभाहलमा सञ्चालित कार्यक्रममा सामुदायिक सेवा केन्द्र गुठी बागलुङका अध्यक्ष लिला देबी खड्का, सामाजिक बिकास कार्यालय बागलुङका कार्यालय प्रमुख डम्वर बहादुर जि.सी., जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक राजाराम खड्काले संस्थाका पदाधिकारी, आमा समुहहरु लगायतका उपस्थित महानुभावहरुसँग बिबिध बिषयमा अन्तरक्रिया गर्नु भएको थियो ।

ताजा समाचार