
माघ १५ गते देखि २१ गतेसम्म बागलुङमा माैलिक तथा शास्त्रीय नृत्य सम्बन्धि कार्यशाला हुने भएको छ ।
जुनतारा मिडिया हाउसकाे आयोजनामा हुन लागेकाे कार्यशालामा नेपालका चर्चित नृत्य निर्देशक तथा नृत्यशास्त्रीहरुले सैद्धान्तिक तथा व्यवहारिक ज्ञान दिने कार्यक्रम संयाेजक दिलीप कडेलले जानकारी दिए ।
नृत्य सिकाईरहेका प्रशिक्षक तथा नृत्य सम्बन्धि रुचि राख्ने सबैले कार्यशालामा सहभागी हुन पाउने जुनतारा मिडियाका सञ्चालक तथा सम्पादक सज्जन कुमार सिंहले बताए।
नृत्यलाइ गहिराइमा बुझ्न सघाउने उद्देश्यले पहिलाे पटक बागलुङमा आयाेजना गर्न लागिएको कार्यशालाकाे उपकुलपति तथा कलाकार गाेरे गुरुङले उद्घाटन गर्ने छन् ।
कार्यशालामा महेश गाेदार,केपि पाैडेल लगायतका नृत्यशास्त्रीहरुले कक्षा दिने आयाेजकले जनाएकाे छ ।
नेेपाल पत्रकार महासंघ बागलुङको हलमा सञ्चालन हुने कार्यशालामा सहभागी हुन इच्छुक व्यक्तिले रु ५ सयकाे फर्म भरि सहभागी हुन सक्नेछन् ।
कार्यशालामा एक सय जना बढिकाे सहभागीता रहने आयाेजकले जनाएको छ ।

बाग्लुङ सेवा समाज अमेरिका न्युयोर्क च्याप्टरको अधिवेशन सम्पन्न , जिबनाथ कँडेलकाे नेतृत्वमा नयाँ कार्यसमिती

बागलुङ क्षेत्र नं १ मा ईन्जिनियर खिमानन्द कँडेलकाे चर्चा

जेठ १४ बाट हराएका सिगानाका कुमार परियार अझै भेटिएनन्

रोमानियामा नेपाली जनप्रगतिशील मन्च गठन, टेकराज क्षेत्री अध्यक्ष चयन
