
प्रधानमन्त्री बनेपछि पहिलोपटक गृहजिल्ला चितवन पुग्नुभएका प्रधानमन्त्री दाहालले आफूले भाषण कम र काम धेरै गर्ने बताउनुभएको छ ।
उहाँले भन्नुभयो “ यो पटक हरेक दिन देश, जनता, सुशासन र विकासको पक्षमा काम गर्दै जाने प्रतिज्ञा गरेको छु । नेपाल र नेपाली जनताको आवश्यकतालाई सम्बोधनभ गर्दै जाने प्रतिबद्धता लिएको छु । मेरो बाँकी जीवन सुशासन र विकासको निम्ति समर्पित गर्ने भनेर प्रतिबद्धता गरेको छु ।”
यो पटक हरेक दिन देश, जनता, सुशासन र विकासको पक्षमा काम गर्दै जाने प्रतिज्ञा गरेको छु । नेपाल र नेपाली जनताको आवश्यकतालाई सम्बोधनभ गर्दै जाने प्रतिबद्धता लिएको छु ।
प्रधानमन्त्री दाहलले पहिलो मन्त्रिपरिषद्बाट देशको अर्थतन्त्रमा सुधार र सुशासन कायम गर्नुपर्ने ऐतिहासिक आवश्यकताका क्षेत्रमा निर्णय लिएको उनले बताउनुभयो । भ्रष्टाचार र बेथिति नियन्त्रण तथा जनताले विभिन्न ठाउँमा पाइरहेका सास्तिहरूलाई अन्त्य गर्ने निर्णय गरि त्यसलाई कार्यान्वयन गर्ने लागिएको जनाउनुभयो ।

जनतालाई दुख हुने,सास्ती हुने पिरमर्का पर्ने कुनै पनि निर्णय नगर्ने बताउँदै शासन र समृद्धिको नयाँ युगको सुत्रपात गर्न एकजुट हुन आग्रह गर्नुभएको थियो ।
चितवनको नारायणी नमूना माध्यमिक विद्यालयको हिरक महोत्सव समारोहलाई शनिबार सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्ड गृह जिल्ला पुग्नु भएको थियो ।

बाग्लुङ सेवा समाज अमेरिका न्युयोर्क च्याप्टरको अधिवेशन सम्पन्न , जिबनाथ कँडेलकाे नेतृत्वमा नयाँ कार्यसमिती

बागलुङ क्षेत्र नं १ मा ईन्जिनियर खिमानन्द कँडेलकाे चर्चा

जेठ १४ बाट हराएका सिगानाका कुमार परियार अझै भेटिएनन्

रुपा गौतम हत्या काण्ड र कालीगण्डकी दोहनबारे प्रदेश प्रहरी प्रमुख जाेशीसंग विशेष कुराकानी (भिडियो)
