
प्रधानमन्त्री पुष्पकमल दाहाल’ प्रचण्ड ‘ र अन्य मन्त्रीले पदभार ग्रहण गरेका छन् ।
पदभार पछि प्रचण्डले क्याबिनेट बैठकमा देशकाे आर्थिक अवस्थालाई सहज बनाउने निर्णय गरेकाे छ । साथै नागरिकता,राहदानी र लाइसेन्स वितरण प्रकृया सहज बनाउने निर्णय गरेकाे छ ।
तिनजना उपप्रधानमन्त्रीले पनि सपथ र पदभार समालेका छन् । उपप्रधानमन्त्री तथा गृह मन्त्री रवी लामीछानेले पदभार गरेपछि निर्मला पन्तकाे हत्या प्रकरणलाई छानबिन गर्ने निर्णय गरेका छन् । उनले धेरै काम गर्नुपर्ने र आफुमाथि नागरिकको ठूलो अपेक्षा रहेकाेले क्रमिक रुपमा काम गर्ने घाेषणा गरे ।
उप -प्रधान तथा भाैतिक पुर्वाधार मन्त्री नारायणकाजि श्रेष्ठले विगतकाे राम्रा काम अघि बढाउने र जनताकाे पक्षमा काम गर्ने लक्ष्य रहेकाे प्रतिबद्धता राखेका छन्।
उप-प्रधानमन्त्री तथा अर्थमन्त्री बिष्णु पाैडेलले अर्थतन्त्र सुधार गर्न र आर्थिक गतिविधि सहज बनाउन डिजिटल प्रविधिकाे प्रयाेगमा जाेड दिने बताए ।
प्रधानमन्त्री प्रचण्डकाे नेतृत्वमा ८ जना मन्त्रीको क्याबिनेट बनेकाे छ । विना विभागिय मन्त्रीमा ज्वाला कुमारी शाह,दामोदर भण्डारी ,राजेन्द्र कुमार राई,अब्दुल खान रहेका छन् ।
तेस्रो पटक शक्तिशाली पदमा पुगेका प्रचण्डलाई संझने गरि काम गर्नुपर्ने दबाब छ भने सहयात्री दललाई मिलाएर लाने अर्को चुनाैती छ ।

बाग्लुङ सेवा समाज अमेरिका न्युयोर्क च्याप्टरको अधिवेशन सम्पन्न , जिबनाथ कँडेलकाे नेतृत्वमा नयाँ कार्यसमिती

बागलुङ क्षेत्र नं १ मा ईन्जिनियर खिमानन्द कँडेलकाे चर्चा

जेठ १४ बाट हराएका सिगानाका कुमार परियार अझै भेटिएनन्

रोमानियामा नेपाली जनप्रगतिशील मन्च गठन, टेकराज क्षेत्री अध्यक्ष चयन
