
राष्ट्रिय उपभोक्ता मञ्च बागलुङको अध्यक्षमा पुन शैलेन्द्र कुमार श्रेष्ठ सर्वसम्मत चयन हुनुभएकाे छ ।
शनिबार सम्पन्न ७ओै अधिवेशनले पनि श्रेष्ठलाई सर्वसम्मत अध्यक्षमा चयन गरेकाे हाे । स्थापना कालदेखी श्रेष्ठ सस्थाकाे अध्यक्ष हुँदै आउनुभएकाे छ ।
संस्थाकाे ओज थाम्न सक्ने र नेतृत्वमा आउन सक्ने अरु काेहि नभएपछि शैलेन्द्र र उपभोक्ता मञ्च एक अर्काकाे पर्यायवाची जस्ताे भएकाे नवनिर्वाचित अध्यक्ष श्रेष्ठकाे भनाई छ ।
संस्थाकाे उपाध्यक्षमा गाेविन्द गाैतम,सचिवमा मनमाया श्रेष्ठ,काेषाध्यक्षमा युक्तजन राजभण्डारी,सहसचिवमा धनकुमारी गाैचन चयन हुनुभएको छ ।
त्यस्तै सदस्यहरुमा जयलाल सापकाेटा,भिमसेन थापा,मञ्जु क्षेत्री,भक्तबहादुर बिश्वकर्मा,राम बहादुर केसी,ताराकान्त आचार्य र हरि प्रसाद सापकोटा रहनुभएकाे छ ।
मञ्चले उपभोक्ताकाे हकहितमा काम गर्दै आएकाे छ । चर्काेमुल्य लिने,कम गुणस्तरीय खाद्य पदार्थकाे अनुगमन गर्दै उपभोक्ता सचेतनामा पनि सस्थाले लामाे समयदेखि काम गर्दै आएको छ ।

बाग्लुङ सेवा समाज अमेरिका न्युयोर्क च्याप्टरको अधिवेशन सम्पन्न , जिबनाथ कँडेलकाे नेतृत्वमा नयाँ कार्यसमिती

बागलुङ क्षेत्र नं १ मा ईन्जिनियर खिमानन्द कँडेलकाे चर्चा

जेठ १४ बाट हराएका सिगानाका कुमार परियार अझै भेटिएनन्

रोमानियामा नेपाली जनप्रगतिशील मन्च गठन, टेकराज क्षेत्री अध्यक्ष चयन
