उर्वरा राष्ट्रिय सम्मानबाट कलाकार तथा समाजसेवी लक्ष्मण श्री सम्मानित - Elaka Khabar
Breaking News:

उर्वरा राष्ट्रिय सम्मानबाट कलाकार तथा समाजसेवी लक्ष्मण श्री सम्मानित

उर्वरा राष्ट्रिय सम्मानबाट कलाकार तथा समाजसेवी लक्ष्मण श्री सम्मानित

समाजमा महत्वपूर्ण योगदान पु¥याउदै आउनुभएका युवा समाजसेवी  तथा कलाकार   लक्ष्मण श्री ‘उर्वरा राष्ट्रिय सम्मान ‘ २०७९ बाट सम्मानित हुनुभएको छ ।

युवा समाजसेवी /कलाकार लक्ष्मण श्री

               काठमाण्डौमा आज आयोजित एक विशेष समारोहमा  पुर्व स्वस्थ्य मन्त्री,तथा लोकप्रिय युवा नेता,नवनिर्वाीचत प्रतिनिधी सभा सदस्य गगन कुमार थापाको बाहुलीबाट श्रीले उक्त सम्मान ग्रहण गर्नुभएको थियो ।                         समाजसेवी तथा कलाकार श्रीलाई ‘उर्वरा राष्ट्रिय बहु–आयामिक’ कला विधामा सम्मान गरिएको हो । समाजका विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पु्¥याएका विभिन्न व्यक्तिलाई सम्मान गरेको उर्वरा फाउण्डेशनले जनाएको छ ।
लक्ष्मण श्रीले कलाकारीता र सामाजिक क्षेत्र तथा सस्कृतिको उन्नयनमा महत्वपूर्ण योगदान गर्दै आउनु भएको छ्र ।
उक्त समारोहमा साहित्य,संगीत,समाजसेवा,पत्रकारिता,लघुवित्त,पर्यटन, वाणिज्य लगायतका क्षेत्रमा विशेष योगदान पुर्‍याएका १४ जना व्यक्तिहरूलाई सम्मान गरिएको आयोजक संस्थाकी अध्यक्ष देबकी अभिलाषीले बताउनु भयो।
फाउण्डेशनको संस्थागत निर्णय अनुसार,उर्वरा राष्ट्रिय जलविद्युत ऊर्जा सम्मानबाट गणेश कार्की, उर्वरा राष्ट्रिय संगीत सम्मानबाट चर्चित गायक अशोक मुकारुङ, उर्वरा डायोस्पोरा संगीत सम्मानबाट गायक जीवन शर्मा,उर्वरा राष्ट्रिय बहु – आयामिक कला सम्मानबाट कलाकार लक्ष्मण श्री,उर्वरा डायोस्पोरा समाजसेवी सम्मानबाट समाजसेवी हेम थापा,उर्वरा राष्ट्रिय रेडियो    पत्रकारिता सम्मानबाट   गीतकार,रेडियो,पत्रकार तुलसी बस्नेत,उर्वरा राष्ट्रिय सम्मानबाट कवि पर्यटन व्यवसायी सुमन घिमिरे उर्वरा डायोस्पोरा साहित्य सम्मान बाट कविरसाहित्यकार नरेश काङमाङ,उर्वरा राष्ट्रिय पर्वतारोहण सम्मानबाट सगरमाथा आरोही देउराली चाम्लिङ,उर्वरा राष्ट्रिय युवा उद्यम सम्मानबाट हरी ठकुरी,उर्वरा राष्ट्रिय समाजसेवा रत्न सम्मानबाट रिमा सापकोटा,उर्वरा डायोस्पोरा गीतकार सम्मानबाट गीतकार भुपेन्द्र महत र उर्वरा समाजसेवी सम्मानबाट समाजसेवी शोभाकन्त पाण्डे,उर्वरा राष्ट्रिय लोक प्रतिभा सम्मान सुरेन्द्र गुरुङ सम्मानित हुनु भएको छ।  कार्यक्रम संचालन संचारकर्मी तथा कलाकार राजेस बर्देवाले गरेका थिए ।
कार्यक्रम नेपाल पर्यटन बोर्डको सभा हलमा सम्पन्न भएको थियो।

ताजा समाचार