मुस्ताङमा २९ बर्षिय युवाले हराए ६० बर्षेलाई काँग्रेसले खाेल्याे खाता - Elaka Khabar

मुस्ताङमा २९ बर्षिय युवाले हराए ६० बर्षेलाई काँग्रेसले खाेल्याे खाता

मुस्ताङमा २९ बर्षिय युवाले हराए ६० बर्षेलाई काँग्रेसले खाेल्याे खाता

२९ वर्षका युवा उम्मेदवार प्रतिनिधि सभाको निर्वाचन जित्दै पहिलाे सांसद बनेका छन् । नेपाली कांग्रेसको प्रतिनिधि सभा सदस्यमा पहिलाे खाता खुलेको छ । मुस्ताङमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका हुन् ।
कांग्रेसका उम्मेदवार योगेश गौचन थकालीले एमालेका उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई पराजित गर्दै पहिलाे जित निकाल्नुभएकाे हाे ।
एमालेका तर्फबाट उम्मेदवार बनेका तुलाचन यसअघिको प्रतिनिधिसभामा सांसद हुनुहुन्थ्यो । २९ वर्षमा गौचनले ६० वर्षीय प्रेमप्रसाद तुलाचनलाई पराजित गरेका हुन् । निर्वाचित गौचनले ३ हजार ९९२ मत प्राप्त गरेका छन् भने एमालेका तुलाचनले ३ हजार ७८ मत प्राप्त गरेका छन् ।

ताजा समाचार