
आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा खटिने महिला महिला सुरक्षाकर्मीलाई सेनेटरी प्याड हस्तान्तरण गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङ, आदर्श संचार सहकारी संस्था बागलुङ र जास्वीन हाइजिङ प्रोडक्टले उत्पादन गरेकाे प्याड सयुक्त रुपमा हस्तान्तरण गरिएको छ । बागलुङ जिल्लाकाे आधिकारिक डिलर नर्वदा ट्रडर्सको सयुक्त सहकार्यमा जिल्ला प्रहरी कार्यालयमा एक कार्यक्रमका बीच जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक दयानिधी ज्ञवालाई आदर्श सञ्चार सहकारीका अध्यक्ष तथा सहकारी संघकी अध्यक्ष अञ्जु जिसीले सामाग्री हस्तान्तरण गर्दै नागरिक प्रति सहकारी सधै जिम्मेवारी भएकाे बताउनुभयाे । सहयाेग सानाे भएपनि यसकाे महत्व निकै ठूलाे भएकाे सहकारी अभियान्ता राम बहादुर जिसीले बताउनुभयाे । ३२८ जना महिला प्रहरी कर्मचारी र महिला म्यादी प्रहरीलाई कार्यस्थलमा महिनावारी हुँदा हुन सक्ने अप्ठ्यारोलाई सहज बनाउन र उनिहरुको मनोवल उच्च राख्ने उदेश्यले सेनेटरी प्याड तथा स्वास्थ्य सामाग्री बितरण गरिएकाे हाे ।

बाग्लुङ सेवा समाज अमेरिका न्युयोर्क च्याप्टरको अधिवेशन सम्पन्न , जिबनाथ कँडेलकाे नेतृत्वमा नयाँ कार्यसमिती

बागलुङ क्षेत्र नं १ मा ईन्जिनियर खिमानन्द कँडेलकाे चर्चा

जेठ १४ बाट हराएका सिगानाका कुमार परियार अझै भेटिएनन्

रोमानियामा नेपाली जनप्रगतिशील मन्च गठन, टेकराज क्षेत्री अध्यक्ष चयन
