अपांग छाेराछाेरी स्याहार्दै बितेकाे तुल्सी जैसीकाे विगत ३० बर्ष (भिडियाे सहित) - Elaka Khabar

अपांग छाेराछाेरी स्याहार्दै बितेकाे तुल्सी जैसीकाे विगत ३० बर्ष (भिडियाे सहित)

घरकाे आगनबाट बागलुङ बजार झलमल्ल देखिन्छ । तर बानपा ७ का दुई दाजु बैनी बिष्णुराज जैसी र देवी जैसीले जन्म त पाए तर याे सुनाैलाे संसार भने देख्न पाएनन ।
जन्मजात दृष्टिविहिन यी दाजु बैनी ओछ्यानबाट बाहिर ननिस्केकाे ३० बर्ष भयाे । पूर्ण अपांग दुई सन्तानलाई स्याहार्दा स्याहार्दै तुल्सी जैसीकाृ जिन्दगीका महत्वपूर्ण समय कटे ।
राेजगारीका लागि डिल्ली पसेका तुल्सीका श्रीमान उतै हुनुहुन्छ ।
घरमा एक्लै रहेकि तुल्सीलाई न चाडवाड आउछ , नत मन खुसी हुने दिन आए विगत ३० बर्षमा ।

द चाडवार्ड आउँछ,कसैकाे बिबाह ब्रतबन्धकाे निम्ताे आउँछ । तुल्सिलाई जान मन त कति लाग्छ कति । तर उहाँलाई त्याे छुट छैन । भएका दुई छाेरा छाेरी नै थलामै दिसा पिसाब गर्ने छन् ।
न आँखा देख्ने,न कान सुन्ने न हिड्न सक्ने भएपछि एक्लै घरमा रहेकि तुल्सीकाे जीवनमा ग्रहण लागेकाे छ । ठुलाे दुखले तु्ल्सीकाे जीवन जेलिएकाे छ ।
घर वरपर अप्ठाराे भिरालाे बाटाे छ । कतै हिडेपनि लड्ने ठूलाे त्रास छ । विरामि परेर माेटर बाटाे सम्म लान पनि कठिन छ ।
राज्यले अपांग व्यक्तिकाे उपचार,संरक्षण र अपांगमैत्री वातावरणका लागि बर्सेनि लाखाै रकम छुट्याउछ ।
बानपा ७ कि तुल्सीका दुख हेर्ने र बझ्ने काेहि छैन ।आजकाे विशेष श्रृखलामा हामीले बानपा ७ बाटुलेका अपांग दुई दाजुबैनीकाे अवस्था ल्याएका छाै । (भिडियाे हेर्न माथि क्लिक गर्नुहाेला ) ।

ताजा समाचार