
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल बागलुङको उन्नाइसौ साधारण सभा तथा सातौ अधिवेशन भव्य रुपमा सम्पन्न भएको छ ।
अधिवेशनको उद्धाघन गर्दै राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष रमेश वि.जीले कलाकारलाई एक ठााउँमा बनाउन अरु जस्तै सँगठित बनेको सस्थामा कसैले पनि राजनीती नगर्न आग्रह गर्नुभयो । “ यो विशुद्ध कलाकारको सस्था हो । राजनैतिक विचार, सिद्धान्त र ध्येय राखेर कोहि आउनुहुन्छ भने तपाई गलत ठाउँमा आउनु भयो । ” अध्यक्ष विजीले भन्नुभयो ।
केहि नपाउने तर धेरै गुमाउने संस्थामा आवद्ध भएर नेपाली मौलिक गित सँगितको जगेर्नामा लागि परेका ४० हजार भन्दा बढि सदस्यहरुले सस्था अझै फराकिलो बन्दै गएको बताउनुभयो ।
कार्यक्रममा केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश सह इन्चार्ज तारानाथ आचार्यले बागलुङ मौलिक गित सँगितको खानी भएको र प्रतिष्ठानमा आबद्ध कलाकारले त्यो पहिचान कायम राख्न भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।
केन्द्रिय सदस्य तथा गण्डकी प्रदेशका सस्थापक अध्यक्ष शँकर विरही गुरुङ,गण्डकी प्रदेश अध्यक्ष सुरेन्द्र गुरुङ, वरिष्ठ उपाध्यक्ष पूर्ण परियार,युवा समावसेवी,कलाकार तथा सल्लाहकार लक्ष्मण श्री, कालिका भगवती गुठीका अध्यक्ष कुमार खड्का लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
अधिवेशनको बन्द सत्रले आजै सरस्वती खड्का परियारको अध्यक्षतामा सर्वसम्मत कार्यसमिती चयन गरेको छ ।
प्रथम उपाध्यक्षमा शिव शर्मा व्दितीय उपाध्यक्षमा प्रेम थापा,महिला उपाध्यक्षमा जमुना थापा,सचिवमा सुमन खड्का , सहसचिवमा तुलासा थापा कोषध्यक्षमा क्रिष्टिना चालिसे सह कोषध्यक्ष हिरा परियार सर्वसम्मन चयन भएका छन् ।
त्यस्तै प्रतिष्ठानको सँगठन विभाग प्रमुखमा सज्जन कुमार सिँहलाई चयन गरिएको छ भने महिला विभाग प्रमुखमा रविना सुनारलाई सर्व सम्मत गरिएको निवर्तमान अध्यक्ष गणेश पौडेलले जानकारी दिनुभयो ।
१२ जना सदस्य सहित अन्य ४ जना थप गर्ने गरि नयाँ समिती चयन गरिएको हो ।
कार्यक्रमको अध्यक्षता गणेश पौडेल र सञ्चलान शिव शर्माले गर्नुभएको थियो ।

बाग्लुङ सेवा समाज अमेरिका न्युयोर्क च्याप्टरको अधिवेशन सम्पन्न , जिबनाथ कँडेलकाे नेतृत्वमा नयाँ कार्यसमिती

बागलुङ क्षेत्र नं १ मा ईन्जिनियर खिमानन्द कँडेलकाे चर्चा

जेठ १४ बाट हराएका सिगानाका कुमार परियार अझै भेटिएनन्

रोमानियामा नेपाली जनप्रगतिशील मन्च गठन, टेकराज क्षेत्री अध्यक्ष चयन
