प्रदेश कै चर्चित धार्मिक स्थल कालिका भगवती मन्दिरमा अशोज महिनामा चढाइएका सुनचाँदीको विवरण सार्वजनिक गरिएको छ । आज कालिका भगवती गुठी व्यवस्थापन समिती र पत्रकारहरुको बीचमा मन्दिरमा चढाइएका सुनचाँदीका गरगहना र मासिक आम्दानी खर्च सार्वजनिक गरिएको हो ।
मन्दिरमा असाेज महिनामा चाँदीको औठी १ वटा,चाँदीको सिक्का १ वटा,चाँदिको घोडा १ वटा,सुनका टिका २ वटा,चाँदिका पाउजु २ वटा,सुनको मुन्द्रा १ वटा,सुनको तिलहरी १ वटा,सुनका टुक्रा १ वटा र चाँदीको ताज १ वटा प्राप्त भएको कालिका भगवती गुठी व्यवस्थापन समितीका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो ।
यसअघि सार्वजनिक गरिएका गहना र यसपालीका गहनालाई विशेष छलफल गरेर जानकारलाई बोलाई गालेर एउटै गराउने पकृया अघि बढाइएको पनि अध्यक्ष खड्काले बताउनुभयो ।
अशोज महिनामा जम्मा ३५ लाख ३७ हजार ८ सय ४९ आम्दानी भएको छ । त्यस्तै खर्च तर्फ तलब,भौतिक निर्माण, आरती, कलाकार,सम्मान ,स्टेशनरी खाद्यन्न आँदि गरि १९ लाख ४० हजार ६ सय ६० रुपैँया खर्च भएको छ । गत महिना १५ लाख ९७ हजार १ सय ८९ रुपैँया वचत भएको छ ।
अग्नि कुण्ड निर्माण, नवनिर्मित भवनको रेलिङ निर्माण,स्तानपान कक्ष निर्माण र पण्डितको पुजा गर्ने कक्ष निर्माणका लागि १२ लाख २५ हजार रुपैँया खर्च भएको हो ।

बाग्लुङ सेवा समाज अमेरिका न्युयोर्क च्याप्टरको अधिवेशन सम्पन्न , जिबनाथ कँडेलकाे नेतृत्वमा नयाँ कार्यसमिती

बागलुङ क्षेत्र नं १ मा ईन्जिनियर खिमानन्द कँडेलकाे चर्चा

जेठ १४ बाट हराएका सिगानाका कुमार परियार अझै भेटिएनन्

रोमानियामा नेपाली जनप्रगतिशील मन्च गठन, टेकराज क्षेत्री अध्यक्ष चयन
