बागलुङका छ वटै सिट गठबन्धनले भारी मतले जित्छौ : मन्त्री पौडेल - Elaka Khabar

बागलुङका छ वटै सिट गठबन्धनले भारी मतले जित्छौ : मन्त्री पौडेल

बागलुङका छ वटै सिट गठबन्धनले भारी मतले जित्छौ : मन्त्री पौडेल

शिक्षा  मन्त्री तथा माओवादी नेता देवेन्द्र पौडेलले बागलुङ जिल्लाका सबै ठाउँमा गठबन्धनले सानदार जित हासिले गर्ने बताउनुभएको छ ।
प्रेस सेन्टर बागलुङका पत्रकारहरुसँगको विशेष भेटमा मन्त्री पौडेलले जिल्लाका सबै ठाउँमा गठबन्धनको जित सुश्चित भएकोे र यसमा कोहि पनि दुविधामा नपर्न आग्रह गर्नूभयो ।
बागलुङ प्रतिनिधी सभा क्षेत्र नं २ का उम्मेदवार समेत रहेका माओवादी केन्द्रका केन्द्रिय सचिव पौडेलले माओवादी पार्टीको   निती र वलिदानीमा देशको परिवर्तन सम्भव भएको बताउदै माओवादीले जिते मात्र देशका तमाम समुदायको अधिकार सुनिश्चित हुने धारणा व्यक्त गर्नुभयो ।
जिल्लाका कोहि पनि नागरिक भ्रममा नपरी गठबन्धनका उम्मेदवारलाई ढुक्क भएर भोट गर्न पनि उहाँले आग्रह गर्नुभयो । प्रत्यक्ष तर्फ गठबन्धनका उम्मेदवार र समानुपातिकमा नेकपा माओवादी केन्द्र हसिया हथौडा मतदान गर्न पनि पौडेलले आग्रह गर्नुभयो । यो देशको भाग्य र भविष्यको निर्माता माओवादी नै भएकोले प्राप्त उपब्धि सँरक्षण गरि सबैको अधिकार सुनिश्चत गर्न माओवादी पार्टिको विकल्प नभएको मन्त्री पौडेलले जिकिर गर्नुभयो ।
विभिन्न अफवाह फैलाउने, विभिन्न आश्वासन दिने तथा गुण्डागर्दी प्रयोग गरेर चुनाव जित्ने शैलीको विरुद्धमा पत्रकारहरुले डटेर कलम चलाउन पनि पौडेलको आग्रह थियो  ।
बागलुङमा माओवादी केन्द्रले प्रतिनिधी सभाका लागि देवेन्द्र पौडेललाई उम्मेदवार बनाएको छ ।
जिल्लामा गठबन्धन र नेकपमा एमालेको बिचमा प्रतिस्पर्धा  छ । यसअघि पनि बागलुङ २ बाट विजयी पौडेल यस पटक पनि सोहि स्थानबाट चुनाव लड्दै हुनुहुन्छ ।

ताजा समाचार