
काठमाण्डाै राहदानी लिन जान्छु भन्दै घरबाट निस्किएका बानपा ८ सिगानाका ३४ बर्षिय कुमार परियार अझै सम्पर्कमा आएका छैनन् ।
आफन्त, साथीभाई सबैतिर खबर , साेधपुछ गर्दा पनि श्रीमानकाे कुनै अत्तोपत्तो नभएपछि उनकि श्रीमती सुन्तलीलाई शाेकले गलाएकाे छ।
“घरबाट काठमाडौं जान्छु भनेर निस्कनु भएको हाे । कहाँ जानू भाे ? कहाँ हुनुहुन्छ ? केही खबर नपाउँदा छटपटिएर बस्नु परेकाे छ ।” कुमारकि श्रीमती सुन्तली परियारले बताउनुभयो ।
“तिज, दशै आए, गए । टुप्लुक्क कतैबाट आउनुहुन्छकि भन्दै प्रतिक्षामा बस्दा ५ महिना वितिसक्याे। कहिबाट कुनै खबर आएन । ” सुन्तलीले भन्नुभयो ।
साना-साना ३ छाेरी र १ छाेराकाे लालन पालन गर्न समेत सुन्तलीलाई कठिन हुँदै गएको छ । नजिकका आफन्तले सहयोग गरेर दशैं मनाएको उहाँको भनाइ थियोे ।
सामान्य ज्यालामजदुरी गरि परिवार पाल्ने सुन्तलीलाइ श्रीमान वेखबर हुँदा परिवारकाे हातमुख जाेड्न समेत कठिनाई भएको छ। श्रीमानकाे खाेजिका लागि उहाँले सबैतिर खवर गरेकाे बताउनुभयाे । प्रहरीमा पनि श्रीमानकाे खाेजिका लागि निवेदन दिनुभयाे तर कुनै खबर नआएकाे उहाँको भनाइ छ ।
कहि कतै भए खबर गरिदिन सबैलाई सुन्तलीले आग्रह गर्नुभएकाे छ ।
४ बर्ष अघि खाडिमा बसेर फर्केका कुमार पुन विदेश जाने याेजनामा थिए ।

बाग्लुङ सेवा समाज अमेरिका न्युयोर्क च्याप्टरको अधिवेशन सम्पन्न , जिबनाथ कँडेलकाे नेतृत्वमा नयाँ कार्यसमिती

बागलुङ क्षेत्र नं १ मा ईन्जिनियर खिमानन्द कँडेलकाे चर्चा

जेठ १४ बाट हराएका सिगानाका कुमार परियार अझै भेटिएनन्

रुपा गौतम हत्या काण्ड र कालीगण्डकी दोहनबारे प्रदेश प्रहरी प्रमुख जाेशीसंग विशेष कुराकानी (भिडियो)
