
श्याम सर्वजित
“द्रव्य शाहको हतियारबाट लमजुङका घले राजा मारिए । विसं १५५९ मा गोरखा राज्य स्थापना भयो ।जब घले राजा मारिए त्यहाँ एउटा उत्सव सुरु भयाे । उत्सवमा घले राजाको रगतमा मुछिएको चामललाई सबैले निधारमा टाँसे त्यहाँ भव्य उत्सव भयाे र उत्सव मनाउन थालियो ।
गोरखा र लमजुङकाे आदेश नमान्ने अहिन्दु जनजातिहरूलाई चेपे नदीमा निर्मम रुपमा हत्यागरी फ्याकियो ।
बिंसं. १६१६मा द्रब्य शाहले मगर राजा खड्ग मगर को निर्ममतापुर्वक हत्या गरी मगरहरू माथि शासन चलाएपछी उनीहरूलाई दसैँ मान्न बाध्य बनाए ।
आदिवासी जनजातीहरू हिन्दु थिएनन्, त्यसैले दसैँ मनाउदैनथे ।तर शाहहरु हिन्दु धर्म मान्थे र आफूलाइ बिष्णुकाे अवतार ठान्थे । त्यतिबेला पृथ्वी नारायण शाहले दशैं नमान्नेकाे लगत संकलन गर्न आफ्ना जाशुसलाई जोगी बनाएर पठाउथे ।
लिम्बुहरूले दसैँ मनाए/नमनाएको हेर्न पठाउँदा, लिम्बुहरूले दसैँ नमनाएको थहा पाएपछी उनीहरूलाई कडा यातना दिइन्थ्याे । किपट खोस्ने धम्की दिएर उनलाई पनि दसैँ मनाउन बाध्य पारे ।
पृथ्वी नारायण शाहले बागमती उपत्यकालाई आफ्नो कब्जामा पारे पनि नेवारहरूले गोर्खाली राजालाई आफ्नो राजा मानेनन् । त्यसैले उनीहरूले बिजया दशमीको साटो दशहरा नै मनाए ।
गोरखा दरबारबाट फूलपाती ल्याएर काठमाडौंको टुंडिखेलमा फूलपाती बढाई गरेर नेवारहरुलाई गोरखा राजाको शासन स्विकार्दै दसैँ मनाउन बाध्य बनाइएकाे थियो । अहिले पनि गोरखाबाट काठमाण्डौमा फूलपाती ल्याउने प्रचलन जारी छ ।
सुनकोशीको बगरमा हतियार लुकाएर राखेका पृथ्वीनारायण शाहले तामाङ राजा रिन्जेन दोर्जेलाई मित लगाउन बिना हतियार काभ्रेको तेमाल भन्ने स्थानमा बोलाई निर्ममता पुर्वक हत्या गरी तामाङहरुलाई दशै मान्न बाध्य बनाए ।
दसैं नमानेको भन्दै १९४२ सालमा धनकुटाका रिदामा र रामलिहाङ आठपहरिया लाई फासी दिइएको थियो ।
दसैँ मानेको प्रमाण सरकारलाई देखाउनुपर्थ्यो । त्यसका लागी दशैमा अनिवार्य पशुबली दिइ पशुको रगतको पञ्जाछाप भित्तामा लगाइराख्नुपर्थ्यो। सरकारी हाकिमहरू अनुगमनमा गएका बेला छाप देखाउने चलन चलाइएको थियो।
असत्यमाथि सत्यको विजयको निहितार्थ
आफ्नै पुर्खाको हत्याको मूल्यमा तिनले कसरी दसैँलाई विजय उत्सवका रूपमा मनाऊन्? के जित्ने गोरखाली शासकहरू सत्यका पक्षधर र हार्ने आदिवासी जनजाति, लोपोन्मुख अल्पसंख्यक सबै असत्यका पक्षपाती थिए? असत्यको पक्षधर भएकै कारण उनीहरूले हारेका हुन् ?
यसर्थ दसैँ केन्द्रिकृत शासनसत्ता बिस्तारको औजार थियो । हिन्दुकरणमार्फत राजालाई विष्णुको अवतारको रुपमा आम जनतालाई प्रशिक्षित गर्ने दाउपेच थियो ।
राजाबाट रैतिले टिका थाप्नुपर्ने नियमले समेत राजाको सर्वोच्चता स्विकार गराउन र विष्णुको अवतारको रुपमा मान्यता प्राप्त गराउन लादिएको सुनियोजित पर्व थियो भन्ने पुस्टी हुन्छ।
जनजातीहरूलाइ हिन्दु नबनाएसम्म राजा विष्णुको अवतारको रुपमा स्विकृत रहने थिएनन् । यसले उनको सत्ता हरहमेसा खतरामा पर्ने संभावना हुन्थ्यो । यसलाई पार लगाउने सहज उपायको रुपमा दसैँले महत्वपुर्ण भुमिका निर्वाह गरेको मान्नुपर्छ ।
जनजातिमा पनि दसैं प्रति फरकफरक मान्यता स्थापित छ । कतिपय बुझेका र ईतिहास पढेका जनजाति दसैं उत्सव नभएर हामिमाथिकाे दमन भनेर बुझ्छन् । दशैंमा राताे टीका नभै सेताे टिका लगाउछन् । काेहि भने दसैं सास्कृतिक चार्ड भएकाले यसमा विवाद नगर्ने र सस्कृतिकाे रुपमा मनाउने गरिएको भन्ने तर्क राख्छन् ।(याे लेख श्याम सर्वजितकाे फेसबुकबाट लिइएकाे हाे )

बाग्लुङ सेवा समाज अमेरिका न्युयोर्क च्याप्टरको अधिवेशन सम्पन्न , जिबनाथ कँडेलकाे नेतृत्वमा नयाँ कार्यसमिती

बागलुङ क्षेत्र नं १ मा ईन्जिनियर खिमानन्द कँडेलकाे चर्चा

जेठ १४ बाट हराएका सिगानाका कुमार परियार अझै भेटिएनन्

रुपा गौतम हत्या काण्ड र कालीगण्डकी दोहनबारे प्रदेश प्रहरी प्रमुख जाेशीसंग विशेष कुराकानी (भिडियो)
