प्रेम गीत ३ कस्तो छ ? एक विश्लेषण ( भिडियो सहित )_ - Elaka Khabar

प्रेम गीत ३ कस्तो छ ? एक विश्लेषण ( भिडियो सहित )_

     प्रेम गीत ३ ले नेपाली चलचित्रको क्षेत्र बढाएको छ । देशबाट छिमिकी ठूलो देश सम्म पुग्ने जुन प्रयत्न गरेको छ,यो नेपाली चलचित्र क्षेत्र सँगै नेपाल र नेपालीका लागि गर्वको विषय हो ।
प्रेम गीत ३ टिमले नेपाली चलचित्रको सँकुचित बजारलाई फराकिलो हुने गरि भरेको उडानमा केहि हद सम्म सफल भएको छ । इन्डियाका मुख्य शहरहरुका दर्शकले समेत चलचित्रलाई वाहवाही गरिरहेका छन् । यो चलचित्र सँगै अब नेपाली चलचित्रले अन्तर्राष्ट्रिय बजारमा  केहि पाइला   सार्ने सँकेत पनि देखिएका छन् ।
हिजोका दिनमा भारतमा हामीले फिल्म देखाउन त के त्यहाँ हाम्रा कलाकारले कलाकार हौ भनेर परिचय दिदा पनि लजाउनु पर्थ्यो ।                                                    आजको दिनमा मुख्य ठाउँका प्रचार केन्द्रमा हाम्रा चलचित्रका विशाल प्रचार सहित १२ सय हल नेपाली चलचित्रले भरिनु निकै सुखद छ ।
अबका चलचित्र निर्मातालाई नेपाल मात्र नभएर भारत ,पाकिस्तान र छिमेकि दर्शकलाई पनि लक्षित गरेर चलचित्र निर्माण गर्नुपर्ने दबाब बढेको छ ।
सुस्ताएको नेपाली चलचित्रलाई प्रेम गीत ३ ले  केहि सकरात्मक रुपमा उठाएको छ ।
कुनै व्यक्ति हिट होला,कोहि व्यक्ति मन नपर्ला तर साच्चै नेपाली चलचित्रको विकास गर्ने हो र अघि बढाउने हो भने एक अर्काको खुट्टा तान्न छाड्नुपर्छ ।
अब लागौ फिल्मको समिक्षातिर
चलचित्रमा एउटा सिन छ । जुन डाईलक गीत (मुख्य नायिका)ले बोल्छिन् “  म निकै प्रकृति प्रेमि छु । यसरी रुखहरु काट्दा मलाई निकै पीडा हुन्छ तर ५,६ वटा रुख काटेरन पाँच छ वटा घर निर्माण भएका छन् ।”          चलचित्रको सबै भन्दा राम्रो पक्ष चाहिँ नेपालको मनाङ ,मुस्ताङको सुन्दर दृश्यहरु कैद गर्न सक्नु हो । निकै मनमोहक हिमाल र हिउँका दृश्यले २ घण्टाको अवधीमा आँखालाई निकै आराम मिल्छ ।  चलचित्र पर्यटन , ठाउँको प्रवर्द्धन र नेपालको सौन्दर्यता देखाउने एउटा हतियार बनेको छ ।
चलचित्र प्रचारका क्रममा पनि चलचित्र निर्माण युनिटले नेपालको ठाउँ स्वीजरल्याण्ड र अन्य ठाउँ भन्दा कम छैन , भनेर प्रचार गरेका थिए ।
चलचित्रको कथा वस्तु चाहि पुराना चलनचल्ति ( गाउँमा हुने शासन र उनिहरुको बिचको व्दन्दमा केन्द्रित ढछ  । चलचित्रमा  खास बिषय वस्तुको गहिराइ चाहिँ भेटिदैन ।  राजनीती र सत्ता हत्याउन दाजुाई र आफ्नै सहयोगीले सिध्याउने खेललाई पनि चलचित्रको कथाले उठाउन खोजेको छ । प्रेमका कारण राज्य सत्ता नै त्यागेर अर्को गाउँकी एक युवती सँग जीवन साट्न चाहेको जबरजस्त कथा उठाइएको छ । राज्य सत्ता हत्याउन आफ्नै नजिकका आफन्त र राजा,रानी मार्ने नेपाली इतिहास  बारे पनि चलचित्रले केहि सँकेत गर्छ ।

नागरिकबाट अन्न र अन्य कर उठाउने गरि राज्य कब्जामा राख्ने चाहना पालेको दर्गा गाउँको राजपरिवारमा राजकुमारका रुपमा देखिएका प्रदिप खड्का भने सात गाउँकी गित सँग प्रेम पर्छन । हतियार र जडिबुटि प्रयाप्त भएको अर्को राज्य प्रमुखले दर्गा गाउँका राजा (हुकुम) सँग छोरीहरुको विवाह गराएर परिवारिक सम्बन्ध गास्न चाहेको हुन्छ  । दर्गा राज्यका राजा हुकुमका दुई छोरा (राजकुमार ) मध्ये प्रेम (प्रदिप खड्का) सात गाउँकी गीत ( क्रिष्टिना गुरुङ) सँग प्रेममा पर्छन् ।
आफ्नो बाबुको इच्छा चाहि प्रदिप राजा बनेर दर्गा गाउँमा आफ्नो विरासत कायम गरोस भन्ने हुन्छ ।   तर सबै सत्ता त्यागेर प्रेम प्राप्तिका लागि प्रेमगाउँका छोरा भएर गीत सँग विवाह गर्न चाहन्छन् । गीत गर्भवती हुन्छिन् ।
कान्छा छोराको यस्तो अवस्थाले  (हुकुम) शिव श्रेष्ठ शिथिल र रोगी बन्छन् ।
दरबारबारे भविष्यबाणी गर्ने महिलाले राज्य कै नास हुने र कान्छा राजकुमारलाई नै राजा गराउनु पर्ने कुरा हुकुमलाई सुनाउछिन् । उसको जन्मदै गरेको बच्चा झन बढि खतरनाक हुने बताएपछि
हुकुमले प्रदिपलाई लिएर राजा बनाउन आग्रह गर्छन् । यो घोषणाले राजा हुने लाईनमा बसेका जेठो छोरा चुर हुन्छन् र ओछ्यान परेका हुकुमको घाँटी थिचेर मार्छन् ।
उनले दर्गा र वरपरको गाउँबाट उठाउने अन्न करलाई प्रदिपले रोकिदिन्छन् । दर्गा गाउँको यो ज्याजदीको अन्त्य गर्ने घोषणा गर्छन् । प्रदिपका दाजु आफ्ना सेना र दलबाल सहित सात गाउँमा पस्छन् । पसेर त्यहाँ विध्वस मच्चाउदै गर्भवती प्रेमकी प्रेमीका गित र धेरै गाउँलाई मारिदिन्छन् । दाजु भाई बीचमा मारामार भएपछि दरबारको सहयोगी युवाको हातमा राज्य जाने सम्मको सँकेत कथाले गर्छ । गीत सँग विवाह गरेर सात गाउँको छोरा बनेर सेवा गर्ने प्रदिपको सपना अधुरो हुन्छ । चलचित्रको कथा वस्तु यति नै हो ।

कथाले तत्कालिन राज्य अवस्थाको चित्रण गर्ने प्रयास गरेको छ । बाईसे चौबिसे राज्य सञ्चालन ताकै अन्य ठाउँका शासकलाई आफ्नो काबुमा राख्ने जुन खेल हुन्थ्यो त्यहि घटना कथाले उठाउने केहि प्रयास गरेको छ ।
स्थानीय पोशाक, त्यहाँका पुराना वस्तुहरुको प्रयोग आदिलाई देख्न सकिन्छ । तर प्रेम र गितको प्रेम कथा चाहि गहिराईमा अझै कमि भएको महसुस गरिन्छ । द
सन्तोष सेन र छेतन गुरुङको निर्देशन सरानिय भएपनि अझै यसको प्रचार र ४ बर्षको मेहनतबाट दर्शक पूर्ण रुपमा सन्तुष्टि भने हुन सकेन्न् ।

चलचित्रको कथा प्रस्तुती , पटककथा र सँवाद भने निकै फितलो छ । यसको छायँकन र सँगितको पाटो निकै मजबुज छ जसले फिल्मलाई उचाईमा राख्न केहि प्रयास गरेको छ ।चलचित्र युनिटले त्यस्तो चिसो ठाउँमा जुन आँट गरेको छ दुख गरेर चलचित्र निर्माण गरेको छ त्यो तारिफ गर्न योग्य छ ।
कैयौ कमजोरी हुँदा हुदै पनि चलचित्रले भारत र नेपालमा पनि राम्रै सफलता पाउने पक्का छ ।

ताजा समाचार