कृष्ण बहादुर श्रेष्ठ अर्थात बुढाबुढिका प्यारा कृष्ण डाक्टर । उमेरले अहिले ८५ पुग्नुभयो । अझै पनि आफ्नो श्रीकृष्ण मेडिकलमा विरामी जाँच गर्नुहुन्छ । विहाना साढे ४ बजे नै उठेर सत्यसाई केन्द्रमा पुग्नुहुन्छ । खाना पछि उहाँ सक्रिय रुपमा आफ्नो मेडिकलमा विरामीको उपचारमा रमाईरहेको देखिन्छ ।
स्वास्थ्य क्षेत्रमा प्रवेश गरेको ६३ बर्ष भयो । यो बीचमा उहाँले लाखौ विरामीको उपचार गरिसक्नु भएको बताउनुहुन्छ । बागलुङको स्वाथ्य क्षेत्रको विकास र अवस्था बारे हामीले उहाँसँग कुराकानी गर्न उहाँको निवास पुग्दा उहाँ घरको छतका फूलमा पानी हाल्दै हुनुहुन्थ्यो ।
”फूल र सुन्दर ठाउँमा सकरात्मक बातावरणको विकास हुन्छ । ” उहाँको भनाई थियो ।
बागलुङ जिल्ला उतिबेला निकै विकट मानिन्थ्यो । देशभर मै स्वास्थ्य उपचारको खासै विकास भएको थिएन । बागलुङ बजारमा केहि बैद्य,झाँक्रिहरु मात्र थिए उपचार गर्ने डाक्टरका नाममा । बैद्य र धामि झाँक्रिमा विश्वास गर्ने त्यो समयमा मान्छेहरु बाटोमा हिड्दा हिड्दै मर्थे । त्यसलाई बाणले हानेको,बोक्सि र डाइनी लागेको भन्थेे। उहाँले त्यतिबेलाको अवस्था सुनाउनुभयो ।
११ सन्तानको जन्म दिएकी उहाँकी आमा गर्भवती अवस्थामारहदा पेट भित्रै बच्चा मरेछ । बच्चा पेटभित्र मरेपनि अप्रेशन गर्ने त्यतिबेला कुनै सुविधा थिएन । भाग्यवस पर्वतारोहणका लागि स्वीसबाट पर्वतारोहीको समुहमा आएको चिकित्सकको टोली फोर्सेमा बसेका रहेछन् । धेरै अनुनय विनय गरेपछि त्यी डाक्टरले उहाँको घरमै आएर अप्रेशन गरि पेटभित्रकाे मृत बच्चालाई निकालिदिएछन् । यो बेला उहाँ काठमाण्डौ हुनुहुन्थ्यो ।
ठूलो भाग्यले आमा बाच्नु भयो र त्यहि घटनाले म स्वास्थ्य क्षेत्रमा लागे । उहाँले विगतलाई स्मरण गर्नुभयो ।
बागलुङ डिस्पेन्सरी नामको एउटा स्वास्थ्य केन्द्र थियाे ।उहाँ त्यहाँकाे पहिलो स्वास्थ्यकर्मिको रुपमा दरबन्दि लिएर आउनुभयो । न कुनै औषधी न भवन न अन्य सामान । औषधी बिना कसरी डिस्पेन्सरीमा जाने ? बुटवलमा केहि औषधी पाइने भन्दै जानू भयो । तर उहाँलाई औषधी नदिएपछि रित्तै हात फर्कनु पर्याे । न पुल न सवारी ठूलो जाेखिम माेलेर हिड्दै उहाँ बागलुङ फर्केकाे घटना संझनु भयाे । बागलुङ गौडाका हाकिमले ६ महिना सम्म हाजीर गराएपछि मात्र डिस्पेन्सरीमा केही अैाषधी आए ।
खोकि,ग्याष्ट्रिक ,ज्वराे ,पिसाब सम्बन्धि औषधी ग्यालिन र बोत्तलमा आउथ्ये । त्यसलाई मिलाएर, पानी थपेर विरामीमा दिइन्थ्यो । डिस्पन्सरी,हेल्प पोष्ट , बागलुङ अस्पताल सम्म सेवा दिनुभयो ।
खरको छाना थियो ।पानी पर्दा भित्रै पस्ने भित्ता पनि भत्केला जस्तो हुने । निकै दुखद अवस्था थियो । तै पनि त्यो जिल्लाको सबै भन्दा र पहिलो अस्पताल नै थियो ।
डिस्पेन्सरीमा पहिलो पटक आउनु भएका डाक्टर सत्य कुमार पहाडी सँग उहाँले काम गर्नुभयो । उहाँ पछि अर्का बँगलादेशी डाक्टर सारदा रञ्ज सिँह आउनु भयो । त्यी डाक्टर सँग पनि उहाँले काम गर्नूभयो ।
स्थाई दरबन्दि पाएका कृष्ण श्रेष्ठलाई म्याग्दि सरुवा गर्न खोजीयो । २०१९ सालमा अस्पतालबाट विदा लिएर आफ्नो नीजी क्लिनिकमा सेवा दिन थाल्नु भयो । कृष्ण श्रेष्ठले विगतमा पाएका दुख,उपचार पद्धती र आफ्ना सँघर्ष सहित सफलता बारे हामीले उहाँसँग भिडियो कुराकानी गरेका छौ । भिडियो हेर्न माथि क्लिक गर्नुहोला ।

बाग्लुङ सेवा समाज अमेरिका न्युयोर्क च्याप्टरको अधिवेशन सम्पन्न , जिबनाथ कँडेलकाे नेतृत्वमा नयाँ कार्यसमिती

बागलुङ क्षेत्र नं १ मा ईन्जिनियर खिमानन्द कँडेलकाे चर्चा

जेठ १४ बाट हराएका सिगानाका कुमार परियार अझै भेटिएनन्

रुपा गौतम हत्या काण्ड र कालीगण्डकी दोहनबारे प्रदेश प्रहरी प्रमुख जाेशीसंग विशेष कुराकानी (भिडियो)
