
काठमाण्डौ
नागरिकता विधेयक प्रमाणिकरण नगरि फिर्ता पठाएपछि नेपाली राजनैति तातेको छ । पहिलो पटक प्रमाणिकरण गर्न पठाएर फिर्ता भएको विधेयक पुन सँसदबाट बहुमतीले पारित गरेर प्रमाणिकरणका लागि राष्ट्रपतिकोमा पठाइएको थियो । तर यसपाली पनि राष्ट्रपतिले प्रमाणिकरण फिर्ता गरिदिएपछि विषय अझै गम्भिर बनेको छ ।
गठबन्धन दल र सँविधानविदहरुले यसलाई असँवैधानिक कदम भनेका छन् । गठबन्धन दलको आज बसेको बैठकले एक विज्ञप्ति फाल्दै सँवैधानिक व्यवस्थालाई समेत कुल्चेर राष्ट्रपतिले चालेको कदम निकै घातक भएको जनाएका छन् । राष्ट्रपतिले सँविधानको पालना र रक्षा गर्नुको साटो सँवैधानिक पद्धती माथि नै प्रहार भएको विज्ञप्तिमा उल्लेख छ ।
नेपाली काँग्रेसका सभापती तथा प्रधानमन्त्री शेर बहादुर देउवा,माओवादी अध्यक्ष प्रचण्ड, नेकपा समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादीका उपेन्द्र यादवले सयुक्त विज्ञप्ति जारी गर्दै सँवैधानि व्यवस्था माथिको प्रहार भएको जनाएका छन् । संविधान बमोजिम सबैबाट कर्तव्य पालना गर्नुका साथै संविधानको पालना र संरक्षण हुनुपर्दछ,’ बुधबार उपराष्ट्रपति नन्द किशोर पुनले भन्नु्भएको छ ।
‘पछिल्ला दिनमा विकसित घटनाक्रमले संविधानको प्रमुख पालक र संरक्षकबाट नै सचेततापूर्वक संविधानको पालन र संरक्षण हुन नसकेको भनी वृहत् जनआवाज उठिरहेको छ । यो आवाज उठ्ने परिस्थितिको सिर्जना हुनु ज्यादै दुःखद पक्ष हो ।’ उहाँको विज्ञप्तिमा उल्लेख छ ।

बाग्लुङ सेवा समाज अमेरिका न्युयोर्क च्याप्टरको अधिवेशन सम्पन्न , जिबनाथ कँडेलकाे नेतृत्वमा नयाँ कार्यसमिती

बागलुङ क्षेत्र नं १ मा ईन्जिनियर खिमानन्द कँडेलकाे चर्चा

जेठ १४ बाट हराएका सिगानाका कुमार परियार अझै भेटिएनन्

रुपा गौतम हत्या काण्ड र कालीगण्डकी दोहनबारे प्रदेश प्रहरी प्रमुख जाेशीसंग विशेष कुराकानी (भिडियो)
