
मंसीर ४ प्रतिनिधी सभा र प्रदेश सभाको चुनावको मिति नजिकिँदै गर्दा बागलुङ जिल्लामा विभिन्न राजनैतिक दलले आफ्ना उम्मेदवार खडा गर्ने क्रम अघि बढाइसकेका छन् ।
कतिपय राजनैतिक दलले प्रारम्भिक रुपमा आफ्नो उम्मेदवारको टुँगो लगाएका छन् ।
उम्मेदवार छनौटको विषयले राजनीतिक माहौल व्यापक रूपमा तातेको छ । गठबन्धनको तर्फबाट प्रतिनिधिसभा क्षेत्र नं १ मा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीको चर्चाले काँग्रेसका नेता कार्याकर्तालाई झटारो लागेको छ ।
एकीकृत माओबादी केन्द्र केन्द्रीय सचिब देबेन्द्र पौडेलको नाम पनि क्षेत्र नँ २ मा चर्चां छ । बागलुङ जिल्लामा स्वतन्त्र राजनीतिक अभियानको बहस समेत व्यापक ढंगबाट अगाडि आएको देखिन्छ । नेकपा एमालेबाट मन कुमारी केसी , ईन्द्रलाल सापकोटा र सूर्य पाठकको चर्चा हुँदै गर्दा स्वतन्त्र अभियानको तर्फबाट बरिष्ठ ईन्जिनियर खिमानन्द कँडेल लगायत जिल्लाका विभिन्न ब्यक्तित्वहरूको नाम समेत चर्चामा आउन थालेको छ ।
विशेष गरी यथास्थितिको राजनीतिबाट कांग्रेस, एमाले, माओबादी र जममोर्चा भित्रका ईमान्दार नेता कार्यकर्ताहरू वाक्क भएको र बागलुङ्ग जिल्लाका एजेण्डाहरूलाई राष्ट्रीय रूपमा स्थापित गर्न सक्ने बैकल्पिक नेतृत्वको खोजी बागलुङ्ग जिल्लाले पनि गरेको कतिपयले अड्कल काट्न थालेका छनु ।
स्वतन्त्र उम्मेदवारले ठूला महानगर जितेपछि प्रतिनिधी सभा र प्रदेश सभामा पनि यसको संभावना ह्वात्तै बढेको यूवा नेता पुनम शर्मा बताउनुहुन्छ ।
इन्जिनियर खिमानन्द कडेल पर्यटन,विकास लगायत अन्य सामाजिक अभियानका क्षेत्रमा पनि शसक्त रुपमा उभिएकोले पनि स्वतन्त्र उम्मेदवारमा आउने सम्भावना रहेको स्रोतले बतायो । परिस्थिती अनुसार राम्रा र सक्षम मान्छे आउनुपर्ने र त्यसका लागि इन्जिनियर कडेँलले ग्रीन सिग्नल दिएको स्रोतको दाबी छ । उनलाई क्षेत्र नम्बर १ बाट प्रतिनिधी सभा सदस्यका लागि अघि बढाउन स्वतन्त्र पार्टि लागेका स्रोतको दाबी छ ।

बाग्लुङ सेवा समाज अमेरिका न्युयोर्क च्याप्टरको अधिवेशन सम्पन्न , जिबनाथ कँडेलकाे नेतृत्वमा नयाँ कार्यसमिती

बागलुङ क्षेत्र नं १ मा ईन्जिनियर खिमानन्द कँडेलकाे चर्चा

जेठ १४ बाट हराएका सिगानाका कुमार परियार अझै भेटिएनन्

रुपा गौतम हत्या काण्ड र कालीगण्डकी दोहनबारे प्रदेश प्रहरी प्रमुख जाेशीसंग विशेष कुराकानी (भिडियो)
