रमाईलो छ, के घर के डेरा - Elaka Khabar

रमाईलो छ, के घर के डेरा

नेपाली फिल्मको बजार उति सारो सन्तोषजनक छैन । हलमा पुगेका चलचित्रहरु पनि केहि दिनमा उत्रेका छन् । बर्षमा मुस्किलले एक दुई चलचित्र दुईचार दिन टिकेका छन् ।
कार्तिकको ४ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘के घर के डेरा’को टिजर सार्वजनिक भएको छ ।  घर र डेराको कथावस्तु समेटिएको चलचित्रमा नायक दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्तको शसक्त अभिनय रहेको निर्माण पक्षले दाबी गरेको छ ।

काठमाण्डौंंमा घर किन्ने सपनासँग गासिएको कथाको पूरा भाग हेर्न कार्तिक ४ सम्म कुर्नुपर्ने छ ।

रविन्द्र झा, आशान्त शर्मा, लक्ष्मी गिरी, प्रभावकर न्यौपाने, सरोज अर्याल, भोलाराज सापकोटा, घनश्याम जोशी, कोशिश क्षेत्री र आयुषी ढकालको पनि अभिनय हेर्न सकिन्छ ।

सिंगे लामाले लेखेको चलचित्रको कथामा महेश दवाडीको पटकथा र संवाद रहेको छ ।    दीपेन्द्र के खनालले निर्देशन गर्नुभएको चलचित्र विशेष कमेडी रहेको टिजरबाट पनि थाहा हुन्छ ।
शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जनको लगानीमा बनेको चलचित्रको यूवराज कार्की कार्यकारी निर्माता हुनुहुन्छ । दिर्घ गुरुङको छायांकन रहेको दिर्घ खड्का सम्पादकको रुपमा छन् । फिल्ममा शंकर थापा, कोशिश क्षेत्रीको संगति छ ।

ताजा समाचार