पहिरोमा परि अछाममा १७ जनाको मृत्यू, आधा दर्जन बढि वेपत्ता (विशेष कुराकानी ) - Elaka Khabar

पहिरोमा परि अछाममा १७ जनाको मृत्यू, आधा दर्जन बढि वेपत्ता (विशेष कुराकानी )

अछाम जिल्लाका विभिन्न पालिकाहरुमा गएको पहिरोमा परि १७ जनाको मृत्यू भएको जिल्ला प्रशासन कार्यालय अछामका प्रशासकिय अधिकृत मिनराज आचार्यले जानकारी दिनुभयो ।

पहिरोमा परि १७ जनाको मृत्यू भएको जिल्ला प्रशासन कार्यालय अछामका प्रशासकिय अधिकृत मिनराज आचार्यले जानकारी दिनुभयो ।

पहिरोमा परि ६ जना भन्दा बढि वेपत्ता भएको र वेपत्ताको खोजी कार्य जारी रहेको पनि आचार्यले बताउनुभयो ।
लगातारको बर्षातको कारण ५ ठाउँमा पहिरो गएको थियो । पहिरोमा पुरिएका ११ जना  घाईतेलाई उद्धार गरि उपचारका लागि जिल्लाका विभिन्न ठाउँमा लगिएको छ । घाईते मध्ये सिकिस्त ३ जनालाई उपचारका लागि सेनाको हेलिकप्टरबाट ग सुर्खेत प्रादेशिक अस्पताल लगिएको पनि अधिकृत आचार्यले जनाउनुभयो । बाढि पहिरोको कारण अबरुद्ध विजुली तथा मोटरबाटो खुलाउन डोजर पठाइएको बताउनुभयो । जोखिमयुक्त ठाउँका नागरिकालाई सुरक्षित ठाउँमा लान पनि प्रशासन तथा प्रहरी लगायत स्थानीय तह लागि परेको बताउनुभयो ।
(प्रशासकिय अधिकृत आचार्य सँगको विशेष कुराकानी हेर्न र सुुन्न माथि क्लिक गर्नुहोला  )

ताजा समाचार