ज्यूदो विश्वकर्मालाई अपमान, मूर्तिकाे जयजयकार - Elaka Khabar

ज्यूदो विश्वकर्मालाई अपमान, मूर्तिकाे जयजयकार

    हिन्दु धर्मावलम्बीले अशोज १ गते विश्वकर्मा पुजा गर्छन् । फूल,लड्डु र झिलीमिली बत्ती बालेर ,  हर्षोल्लासको साथमा विश्वकर्मा बाबा भन्दै भव्य पूजा गर्दै आएका छन् । मेसिनरी चिजले राम्रो प्रतिफल दिने विश्वास गर्दै विश्वकर्मा पूजा गरिन्छ । हिन्दु धर्मग्रन्थ पुराणका ‘विश्वकर्मा देवकर्मी त्वष्टाका पुत्र हुन्, भनेर भनिएको छ । । सम्पूर्ण काम निकै शसक्त रुपमा गर्न सक्षम उनले इन्द्रपुरी, यमपुरी, कुवेरपुरी पाण्डवपुरी, शिवमण्डलपुरी सबै विश्वकर्माले नै संरचना गरेका थिए भनेर उल्लेख गरिएको छ ।
प्रजाको रक्षणका लागि भगवानलाई समेत विविध अस्त्र र साधनको निर्माण गरि विष्णुलाई सुदर्शन चक्र, शंकरलाई त्रिशूल र रामलाई ब्रह्मास्त्र बनाएका थिए ।

दसटाउके रावण, चतुर्भुजे विश्वकर्मा तथा चतुर्बाहुकी लक्ष्मीजस्ता काल्पनिक चित्र को वास्तविकता भने आजसम्म कसैले भेउ पाउन सकेका छैनन् । नत कसैले आजसम्म यसाको व्यवहारिक पुष्टि गर्न सकेका छन् । धर्मशास्त्र र ग्रन्थलाई विश्वास गर्दा पुराणमा विश्वकर्मालाई पाँच अवतारका रूपमा व्याख्या गरिएको छ । १.विराट् विश्वकर्मा— सृष्टिका रचयिता, २. धर्मवंशी विश्वकर्मा— महान् शिल्पविज्ञान विधाता प्रभातपुत्र, ३. अंगिरावंशी विश्वकर्मा— आदि विज्ञान विधाता वसुपुत्र, ४.सुधन्वा विश्वकर्मा— महान् शिल्पाचार्य विज्ञान जन्मदाता, र ५. भृंगुवंशी विश्वकर्मा— उत्कृष्ट शिल्प विज्ञानाचार्य शुक्राचार्यपुत्र ।

अदृश्य र मुर्तिका विश्वकर्मालाई जयजयकार गरेपनि नेपाली समाजमा भने साच्चिकै श्रमजीवी विश्वकर्मालाई अपमान गरिने दुखद अवस्था छ । जात व्यवस्था संगै सुरुभएको विभेदले समाजको विकास उत्थानमा श्रम,सीप र बुद्दि विवेक खर्चेका वैज्ञानिक विश्वकर्मालाई समेत विभेद र अपमान गरियो । विज्ञानको विकास नहुने काल ,ढुंगे युग देखि नै ढुंगा का हतियार ,काठका सामानबाट सुरु भएको यात्रा विश्वकर्माले आरानमा खलाती धोएर,खानीबाट काचो तामा र फलाम झिकेर बनाएका हातहतियार र भाडाकुडाले आजसम्म पनि समाज सञ्चालनमा ठूलो योथगदान दियो । कृषि युगको सुरु हुनुमा र उत्पादनसंग जोडिन कृषि सामाग्रीको उत्पादन गरि समाजलाई ठूलो गुन लगाएका विश्वकर्मालाई अपमान ,छिछि र दुरदुर गर्नु निच कर्म हो । यो यथार्थलाई आजको युगसम्म पनि जारी राखिनु लज्जास्पद छ ।
विश्वकर्मा थर कसरी रह्यो ?
नेपालमा विश्वकर्मा थरको प्रारम्भ नेपाली समाजमा धातुसम्बन्धी ( सुन, चाँदी, तामा, पित्तल, कांस, चरेस आदि० पेसा गर्ने जात–समुदायको थर विश्वकर्मा लेख्न सुरु गरिएको ६४ वर्ष पूरा भयो तामा कम काम गर्ने टमाटा,ताम्राकार, आदि । भारतमा विश्वकर्मा भन्नाले ब्राह्मण जात जनाउँछ र त्यहाँ विश्वकर्मालाई छुवाछुतको व्यवहार गरिँदैन । नेपालमा भने सबै धातुका काम गर्ने पहाडे दलितमध्ये कामी जातका थरका रूपमा विश्वकर्मा शब्द पहिचान भएको छ र यीनीहरुलाई छिछि गरिन्छ । यो कामी जातको साझा थरका रूपमा ‘विश्वकर्मा’ शब्दले स्थान पाउनुमा ठुलो संघर्ष छ ।

बागलुङका ब्राह्मणवादी पण्डित–पुरोहितहरूले सर्वजित विश्वकर्मालाई ‘शूद्रले आफ्नो नाममा ब्रह्मा अथवा विश्वकर्मा भगवान्लाई जोड्ने र विश्वकर्मा पाठशाला खोलेर शूद्रले पठनपाठन गर्नु प्रचलित नियम–कानुनविपरीत कार्य हो’ भनेर नालिस दिएका थिए ।

२००३ सालदेखि विश्वकर्मा लेख्ने,विद्यालय खोल्ने भनेर दिएकमे मुद्दामा २००८ सालमा फैसला भएको थियो । विद्यालय सञ्चालन गर्ने ब्रम्हाका सन्तान भएकाले विश्वकर्मा लेख्ने,जनै लाउन पाउने लगायतका विषयसंग कोहि पनि तार्किक कुरामा भगतसर्वजितलाई पछि पार्न नसकेपछि । कामी जातिले ‘विश्वकर्मा’ लेख्न सुरु गरे । त्यसपछि ‘विश्वकर्मा भगवानको नाम जोडेर लेख्न पाउँदैनौ, विश्वकर्मा पाठशाला सञ्चालन गर्न पाउँदैनौ’ भनेर हिम्मत कसैले गरेनन् ।त्यसपछि सबैले विजयको प्रतीकका रूपमा नामका पछाडि डटेर ‘विश्वकर्मा’ लेख्न थाले ।(रणेन्द्र बराईली)
विश्वकर्मा’ कुनै दैविक अवतार होइन । कुनै , अलौकिक शक्ति पनि होइन । समाजको लागि योगदान दिने मान्छेको पहिचान हो ।श्रम गरेर धर्ति झलमल्ल पार्ने श्रमजीवी हुन् । धर्तीको प्राविधिक ज्ञान र सीपले निपुण मान्छे हो । पुरातनपन्थीले जात–धर्मको आडमा मानिसलाई ठूला र सानामा विभाजन गरेर देशलाई नै असमानताको अवस्थामा पुर्‍याउने काम गरेका छन् । त्यसैको पछि लागेर कतिपय मान्छेहरू ‘हामी ब्रह्माका सन्तान, हामी विश्वकर्मा भगवान्का सन्तान’ भनेर अहंमता देखाउँछन् । त्यो त जंगबहादुर राणाका खलकले थरमा ‘जबरा’ लेखेर आत्मसन्तुष्टि लिएजस्तै हो । ज्युदो विश्वकर्माको सम्मान गर्न सके मात्र विश्वकर्मा बाबाको पुजाले सार्थकता पाउछ ।

ताजा समाचार