मनसुन सुरु भए यता गण्डकी प्रदेशमा १०जनाकाे मृत्यु,१४ घाईते ,७८ घरमा क्षति - Elaka Khabar

मनसुन सुरु भए यता गण्डकी प्रदेशमा १०जनाकाे मृत्यु,१४ घाईते ,७८ घरमा क्षति

मनसुन सुरु भए यता गण्डकी प्रदेशमा १०जनाकाे मृत्यु,१४ घाईते ,७८ घरमा क्षति

गण्डकी प्रदेशमा जेठ १ गतेदेखि  यता बाढि पहिराेबाट १० जनाकाे ज्यान  गएकाे गण्डकी प्रदेश  प्रहरी कार्यालय पाेखराले जनाएको छ ।
याे बीचमा बाढि पहिरो जन्य बिपदमा परी १४ जना घाईते भएका  छन्।
बाढि पहिराेका कारण गण्डकी प्रदेशमा  ७८ घर र २४ गोठमा आंशिक तथा पुर्ण क्षति पुगेकाे छ ।
बाढि, पहिराे, चट्याङका कारण ४४ पशु चौपाया  मरेकाे प्रहरी रिपाेर्टमा उल्लेख छ ।वर्षाको समयमा खोलानाला, बाढि,पहिरो र चट्याङ आदिकाे खतारा हुने सम्भावित क्षेत्रहरुमा नजान प्रहरीको आव्हान छ ।
बाढि पहिरो सम्भावित क्षेत्रहरुबाट छरछिमेक तथा प्रहरीको सहयोग मागि घर तथा बस्ति स्थानान्तरण गर्न पनि प्रदेश प्रहरी कार्यालयले अपिल गरेकाे छ ।

ताजा समाचार