बागलुङमा राहदानीकाे अनलाइन फर्म भरेकाे एक हजार ,किन मिलेन बारकाेड(भिडियाे) - Elaka Khabar

बागलुङमा राहदानीकाे अनलाइन फर्म भरेकाे एक हजार ,किन मिलेन बारकाेड(भिडियाे)

केही समयमा  बेल्जियम जानुपर्ने भएपछि गल्काेट कि विकिता सुनार बुधबार राहदानी फर्म भर्न बागलुङ जिल्ला प्रशासन कार्यालय पुग्नुभयाे।
अनलाइन फर्म दिनमा ५० र हप्तामा ३०० वटा मात्र खुल्ने बागलुङमा उहाँले सहजै त्याे काेटामा फर्म भर्ने अवस्था भएन् ।
तुरुन्तै फर्म भरेर काठमाडौ राहदानी निकाल्न जानुपर्ने समस्या सुनाएपछि कर्मचारीले फर्म भरेर आउन सुझाए ।                    प्रशासन अगाडि रहेकाे एउटा  साइबरमा गई एक हजार रुपैँया तिरर अनलाइन फर्म भरेकाे सुनारले जानकारी दिनुभयो ।
‘फर्म भरेर राहदानी फाँटमा बुझाए । फर्म हेरेर ठिक छ भनेपछि रु ५ हजार राजस्वकाे रसिद काटेर फाेटाे खिच्ने पालाे कुरे  ।’ सुनारले भन्नूभयाे ।
सुरुमा ठिक छ भनेर राजस्वकाे रसिद समेत  काटिकेपछि अन्त्यमा सुनारकाे फर्मकाे बारकाेड सिस्टमले रिड नगरेकाे भन्दै  कर्मचारीले  आईतबार आउनुपर्ने बताएपछि उहाँ अक्क न बक्क हुनु भयाे ।
केही छिन अघि हजार रुपैँया तिरेर भरेकाे फर्म नक्कली किन भयाे ? फर्म भरेकाे ठाउँमा पुगेर सम्बन्धित व्यक्तिलाई पनि उहाँले कर्मचारीसंग भिडाउदा उनिहरु मुखामुख गरेर बाटाे लागेकाे सुनारले  आराेप लगाउनुभयाे ।
विकिताले प्रशासनका कर्मचारी कै मिलेमताेमा साइबर सञ्चालकले एउटा व्यक्तिकाे बारकाेड इडिट गरेर धेरैलाई दिदा रहेछन्  कि भन्ने संका लागेकाे र उक्त कुरा कर्मचारीकाे व्यवहारले पुष्टि गरेकाे बताउनुभयाे ।
केहि छिन अघि सबै ठिक छ भनेकाे फर्म के कारणले सिस्टमा रिड भएन ?  कर्मचारिलाई प्रश्न गरेपनि सिस्टमकाे कारण भनेर उहाँकाे प्रश्नलाई हल्का बनाईयाे । आइतबार फर्म प्रमाणित हुने भएकाले साेहि दिन आउन भनेर कर्मचारी लुसुक्क कार्यालयबाट  निस्केर गएकाे बताउनुभयाे ।                 बुधबार फर्म भरेका अधिकांस व्यक्तिकाे बारकाेड नै गलत भएपछि यसले प्रशासन कर्मचारीलाई तनाब बनाएकाे थियाे । अघिपछि जसाेतसाे ‘सिस्टम’  मिलाएर काम गरेका कर्मचारीलाई बुधबार भने सेवाग्राहीले ढाेका छेकेरै र्याखर्याक्ति पारेका थिए ।
एक महिना देखि फर्म भरेर पनि पालाे नपाएका  अर्का सेवाग्राहि विशाल बिककाे गुनासाे पनि उस्तै थियाे ।
राहदानीकाे अनलाईन फर्म हप्तामा ३०० काेटा भनेपनि कर्मचारीकाे सेटिङमा फर्म हाेल्ड गर्ने र निश्चित व्यक्तिले कमाउ धन्दा चलाएकाले आफूहरुले दुख पाएकाे गुनासाे पाेख्नुभयाे ।
एक हजार देखि पन्ध्र सयसम्म  तिरेकाे फर्म समेत बारकाेड रिड नगर्ने के कारणले भयाे ? दाेषी बारे छानबिन हुनुपर्ने बिककाे माग छ ।
निश्चित मान्छेलाइ लाभका लागि महंगाे शुल्कमा फर्म भर्न लगाउने अनि त्याे पनि नक्कली ? याे देशमा सिस्टम कहिले हुन्छ ? बिकले प्रश्न गर्नुभयाे ।
राहदानी शाखाका कर्मचारी तेजराज गाैतमले राहदानी बनाउनेकाे चाप बढि भएकाेले सबैकाे काम एकै दिन गर्न नसकिने बताउनुभयाे । ‘ नयाँ सिस्टम छ । यसलाई चलाउन कुनै तालिम दिईएकाे छैन । एकै दिन सबैकाे काम कसरी हुन्छ ? ‘गाैतमले भन्नुभयाे ।
बागलुङ जिल्लाका सहायक प्रजिअ गणेश पाैडेलले ‘ रिड’ नहुने नक्कली फर्म कहाँबाट आयाे छानबिन गरिने बताउनुभयाे । “भित्र फर्म भरिदैन ,हामीसंग फर्मभर्ने कर्मचारी छैनन् । नयाँ सिस्टममा भएजतिलाई सेवा दिन सकिँदैन ।” पाैडेलले भन्नुभयाे ।
पचास जनाकाे काेटा भएपनि बुधबार ११ जनाकाे मात्र फर्म प्रमाणित गरिएकाे थियाे ।

 

ताजा समाचार