माओवादी र जनता एक ठाउँमा नभए प्राप्त उपलब्धि गुम्ने खतरा : प्रचण्ड - Elaka Khabar

माओवादी र जनता एक ठाउँमा नभए प्राप्त उपलब्धि गुम्ने खतरा : प्रचण्ड

माओवादी र जनता एक ठाउँमा  नभए प्राप्त उपलब्धि गुम्ने खतरा : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी र जनताको सम्बन्ध सुमधुर नभए प्राप्त उपलब्धि गुम्ने बताउनु भएको छ ।                          दिवंगत नेता पोष्टबहादुर बोगटीको आठौं स्मृति दिवसको अवसरमा पार्टी कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा प्रचण्डले  माओवादी कमजोर भयो भने, माओवादी र जनताको सम्बन्ध सुमधुर नभए प्राप्त उपलब्धि उल्ट्याउन षड्यन्त्र हुने र त्यो गत वर्षको परिस्थितिले पनि देखाएको जिकिर गर्नु भयाे।                       राजनीतिको केन्द्र अहिले पनि माओबादी बन्दा आफुलाई जनयुद्धको बेलामा जस्तो फुर्सद पनि नहुने अनुभव प्रचण्डले सुनाउनु भएकाे  थियाे । जनयुद्धको बेला भन्दा अहिले बढी मिहिनेत गर्ने गरेको भन्दै  पार्टीका नेता-कार्यकर्ताहरुलाई पार्टीलाई बलियो बनाउन अलि मिहिनेत गर्न आग्रह गर्नुभयाे ।           माओवादी केन्द्र देशकै पहिलो कम्युनिष्ट पार्टी बन्ने वस्तुगत आधार स्पष्ट रहेको भन्दै प्रचण्डले स्थानीय चुनावबाट देशलाई कता लैजाने भन्ने चाबी माओवादीको हातमा पुगोस भन्ने जन चाहना स्पष्ट देखिएको बताउनुभयाे ।                     विधिसम्मत र प्रक्रियागत ढंगले उम्मेदवार खडा गरिसकेपछि त्यस्तो उम्मेदवारलाई व्यक्तिको रुपमा नहेरेर पार्टीको रुपमा हेरेको भए माओवादीको जितलाई कसैले रोक्न नसक्ने उहाँकाे कथा थियाे ।                            सबैले इमान्दारीपूर्वक मेहनत गरेमा माओवादी आसन्न निर्वाचनमा कम्युनिस्टहरु मध्ये पहिलो राजनीतिक शक्ति हुने उहाँको  दावी थियो। प्रचण्डले माओवादी कमजोर भएमा २०६२-०६३ को जनआन्दोलनबाट प्राप्त राजनीतिक उपलब्धि गुम्न सक्ने खतरा देखिएको भन्दै हालसम्मको राजनीतिक परिवर्तनको रक्षाका लागि माओवादी पार्टी बलियो हुनुपर्ने र चुनाव जित्नुपर्ने बताउनुभयाे     “यो परिवर्तनको रक्षा गर्न र यसलाई अगाडि बढाउन माओवादी पार्टी बलियो बनाउन अत्यन्त जरुरी रहेको छ । माओवादी कमजोर भयो भने अब परिवर्तनको रक्षा गर्न धेरै गाह्रो हुन्छ । हामीले व्यक्तिगत हितलाई नभई पार्टी र देशको हितलाई केन्द्रमा राखेर पार्टीभित्रका सबैले इमान्दारीपूर्वक काम गर्ने हो भने निर्वाचनमा माओवादी केन्द्र बलियो शक्ति बन्छ। ” ।प्रचण्डले भन्नुभयाे ।                      माओवादी आन्दोलन र क्रान्तिकारी कम्युनिस्टहरुको प्रयास नभएको भए देश आज संघीय लोकतान्त्रिक गणतन्त्रमा जान सम्भव थिएन, समानुपातिक र समावेशी प्रतिनिधित्व सम्भव थिएन । प्रचण्डले प्रस्ट पार्नुभयाे । ‘माओवादी आन्दोलनको जगमा निर्मित जनयुद्ध र जनआन्दोलनको समायोजनबाट मात्र यो सम्भव भएको हो ।’      प्रचण्डका  नजिकका विश्वासपात्र मानिने बाेगटीलाई छिट्टै गुमाउनु पर्दा  आफू निकै दुखि भएकाे र उहाँकाे याेगदानकाे सधै संझना गरिरहने प्रचण्डले बताउनुभयाे ।  बाेगटि र  प्रचण्ड पारिवारिक रुपमा पनि नजिक थिए ।

 

ताजा समाचार