
बाँकेको नरैनापुर गाँउपालिकाले २६ उत्कृष्ट विद्यार्थी तथा विद्यालयलाई सम्मान गरेको छ । फनरैनापुर गाँउपालिकाले ५८ औँ राष्ट्रिय बाल दिवसको अवसर पारेर महेन्द्र माध्यमिक मटेहिया विद्यालयमा आयोजित कार्यक्रममा गाँउपालिका भित्रका कक्षा १० मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान गरेको हो । गाँउपालिकाले २६ विद्यार्थीलाई सम्मान गरेको हो । सम्मानित हुने विद्यार्थीहरु मध्य दिक्षिणा यादव र पवन सिंह यादवले एसईईमा सर्बात्कृष्ट अंक ल्याएर पास भएको भन्दै दुबै जनालाई ल्यापटप प्रदान गरिएको थियो । अरु उत्कृष्ट विद्यार्थीहरुलाई नेपालको संविधान,कापी झोला, प्रमाणपत्र र खादा लगाएको थियो ।
कार्यक्रममा गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले विकास भनेको सडक निर्माण गर्नु मात्र नभएको बताउदै शिक्षा र स्वास्थ्यमा सुधार गर्न सके सबै क्षेत्र क्रमिक रुपमा विकास हुदै जाने बताए ।
अध्यक्ष शाहले कार्यक्रमलाई सम्बोधन गर्दै भने, “सर्बोत्कृष्ट २ जनालाई आज जसरी ल्यापटप प्रदान गरिएको छ ,यसै गरी तपाईहरु पनि मेहनत गर्नुहाेस् । सबै विद्यार्थीहरुलाई ल्यापटप प्रदान गरिन्छ ।” गाँउपालिकाले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर कार्यक्रम अगाडि बढाएको बताए ।
गाँउपालिकाका शिक्षा अधिकृत कृष्ण प्रसाद थारुले नरैनापुर भित्रको शिक्षाको गुणस्तरलाई अगाडि बढाउनका लागि विद्यार्थी, शिक्षक र विद्यालयलाई हौसलास्वरुप उक्त पुरस्कार तथा सम्मान प्रदान गरिएको जानकारी दिए ।

बाग्लुङ सेवा समाज अमेरिका न्युयोर्क च्याप्टरको अधिवेशन सम्पन्न , जिबनाथ कँडेलकाे नेतृत्वमा नयाँ कार्यसमिती

बागलुङ क्षेत्र नं १ मा ईन्जिनियर खिमानन्द कँडेलकाे चर्चा

जेठ १४ बाट हराएका सिगानाका कुमार परियार अझै भेटिएनन्

रोमानियामा नेपाली जनप्रगतिशील मन्च गठन, टेकराज क्षेत्री अध्यक्ष चयन
