गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरिक्षक रामदत्त जोशी अहिले प्रदेशका जिल्लाहरुमा रहेका प्रहरी कार्यालयको अनुगमन /निरिक्षणका लागि जिल्ला जिल्लामा पुग्नु भएको छ ।
पर्वत हुदै जिल्ला प्रहरी कार्यालय बागलुङ आउनु भएका प्रहरी प्रमुख जाेशीसँग २०७१ सालको भदौमा दिन दाहडै हत्या गरिएकी बागलुङ सिगानाकि रुपा गौतम र कालीगण्डकी दोहनको बिषयमा इलाका खबरले विशेष सम्वाद गरेको छ । रुपा गाैतम हत्या काण्डकाे अभियुक्त ढिलाेचाडाे कठघरामा उभ्याउन प्रहरी सफल हुने बताउनु भयाे । प्रहरीको अनुसन्धान गणितकाे हिसाब जस्ताे नहुने भन्दै प्रमुख जाेशीले भन्नुभयाे ” कहिलेकाहि अलि समय लाग्न सक्छ । तर ढिलाेचाडाे दाेषी कारबाहीको दायरामा आउछ ।” कालीगण्डकी दाेहन गर्ने विरुद्ध प्रहरी लागिपरेकाे जानकारी दिदै ,कसैकाे डर धम्कि र प्रलोभनमा प्रहरी नलाग्ने जिकिर गर्नुभयाे । पर्वत ,बागलुङकाे प्रहरी कार्यालय निरिक्षण,छलफल र आवश्यक निर्देशन गरि प्रहरी नायव महानिरिक्षक जाेशीले जिल्ला प्रहरी कार्यालय म्याग्दीको निरिक्षण गर्नुभएको थियाे । (भिडियाे हेर्न माथि क्लिक गर्नुहाेला ।)

बाग्लुङ सेवा समाज अमेरिका न्युयोर्क च्याप्टरको अधिवेशन सम्पन्न , जिबनाथ कँडेलकाे नेतृत्वमा नयाँ कार्यसमिती

बागलुङ क्षेत्र नं १ मा ईन्जिनियर खिमानन्द कँडेलकाे चर्चा

जेठ १४ बाट हराएका सिगानाका कुमार परियार अझै भेटिएनन्

रुपा गौतम हत्या काण्ड र कालीगण्डकी दोहनबारे प्रदेश प्रहरी प्रमुख जाेशीसंग विशेष कुराकानी (भिडियो)
